Pages

Sunday, December 29, 2019

पात्रो परिवर्तन गर्ने सजिलो तरीका।

Saturday, July 6, 2019

ज्योतिष ज्ञान - विश्वघस्रपक्षको बारेमा थाहा पाउनुहोस।

Thursday, January 17, 2019

Wednesday, January 9, 2019

आज दिउसो १ बजेर ३१ मिनेट देखी आउदो सोमवार दिउसो १ बजेर ०८ मिनेटसम्म पञ्चक

काठमाडौं, पुष २६। काठमाडौं फाल्गुन ३। सनातन धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ । आज दिउसो  १ बजेर ३१ मिनेट देखी आउदो सोमवार दिउसो १ बजेर ०८ मिनेट सम्म चन्द्रमाको भ्रमण कुम्भ र मिन राशी मन्डलबाट हुँदै छ। यो समय अबधिलाई पञ्चक भनिन्छ।

ज्योतिष शास्त्रमा पञ्चकलाई अशुभ समय मानिएको छ ।पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ ।

पञ्चकमा गर्न नहुने ५ काम

१. पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ ।

२. पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ ।

३. पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।

४. पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने ज्योतिष शास्त्रको भनाइ छ।

५. पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ ।

Saturday, May 12, 2018

ज्योतिर्विज्ञान मन्च २०७५ बैशाख

ज्योतिर्विज्ञान मन्च २०७५ बैशाख