Pages

Sunday, March 20, 2011

Live Astrology on Radio

Live Astro-Solution on Radio
"Subha Mangal"
Saturday to Tuesday 10:45 to 11.30 Am
http://imagechannels.com/samachar/fm1036_live




"Janma Kundali"
Every Friday 4 to 5 Pm
http://imagechannels.com/samachar/fm979_live

Monday, March 7, 2011

प्राविधिक विश्लेषण र वित्तीय ज्योतिषको पुस्तक

शेयर तथा कमोडिटिज बजारमा विभिन्न कम्पनीको बढ्दो उपस्थितिसँगै लगानीकर्ताहरूको चासो पनि बढ्दै गएको छ । कस्ता कम्पनीमा लगानी गर्ने, शेयर बजारको उतारचढावको अर्थ कसरी बुझ्ने, कुन बेला शेयर किन्ने बेच्नेजस्ता कुरामा धेरैले ध्यान दिन थालेका छन् । यही कुरालाई सम्बोधन गर्ने गरी हालै 'शेयर, कमोडिटिज तथा विदेशी मुद्राको प्राविधिक विश्लेषण' नामक पुस्तक प्रकाशित भएको छ । शेयर विश्लेषक रवीन्द्र भट्टराईद्वारा लिखित पुस्तकमा शेयर कमोडिटिज, तथा विदेशी मुद्राको लगानीमा आवश्यक पर्ने आधारभूत र प्राविधिक विश्लेषणका बारेमा सरल भाषामा व्याख्या गरिएको छ । पुस्तक सेक्युरिटिज रिसर्च सेण्टर एण्ड सर्भिसेजले प्रकाशन गरेको हो ।
प्राविधिक विश्लेषणका विविध पक्ष, रेखाचित्रका प्रकार, तीनले  दिने खरीद तथा विक्री सङ्केतजस्ता कुरा पुस्तकमा प्रस्तुत गरिएको छ । शेयर विश्लेषणमा सबैभन्दा बढी प्रयोग गरिने मैनबत्ती चार्टका बारेमा गरिएको विस्तृत व्याख्या निकै उपयोगी र ज्ञानवर्द्धक छ । लेखकले १६ शीर्षकमा मैनबत्ती चार्टका विभिन्न प्रकार र सङ्केतका बारेमा प्रस्टयाएका छन् । हरेक दिन पत्रपत्रिकामा देखिने शेयर अङ्क र विभिन्न चार्ट तथा चित्रको अर्थ बुझ्न पुस्तकले प्रशस्त सहयोग पुर्‍याउँछ ।
प्राविधिक विश्लेषणको साथमा डा. सुनील शर्मा सिटौलाले लेखेको 'वित्तीय ज्योतिष विज्ञान' अध्यायमा अर्थ ज्योतिष पनि भनिने वित्तीय ज्योतिषको प्रयोग र यसका आधारमा शेयर तथा वस्तुको कारोबार कसरी गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ ।
पुस्तकमा समाविष्ट 'शेयर बजारमा न्युटनको तेस्रो सिद्धान्त', 'आश, लोभ र डरको मनोविज्ञान' र 'वित्तीय ज्योतिष विज्ञान' अध्याय निकै उपयोगी र ज्ञानवर्द्धक छ ।
चित्र तथा चार्टहरूको प्रयोगले पुस्तकमा आकर्षण थपेका मात्र छैनन् तिनले विभिन्न सिद्धान्त तथा धारणालाई सजिलोसँग बझ्ने पनि मद्दत गर्छन् । पुस्तक लगानीकर्ता, विद्यार्थी तथा शेयर तथा वस्तु बजार र विदेशी मुद्राको कारोबारमा चासो राख्ने सबैका लागि उपयोगी छ । मूल्य : १ सय ५० रुपैयाँ