Pages

Saturday, September 29, 2007

नेपाली कांग्रेस फेरि फुट्ने


पाँच वर्षघि विभाजित नेपाली कांग्रेसबीच भएको एकीकरणले राष्ट्रिय अन्तर्रर्ााट्रय क्षेत्रमा विभिन्न चर्चाहरु चलिरहेकै छ । अब नेापली कांग्रेस एकीकृतको भविष्य कस्तो होला त - यसको संविधानसभामा कस्तो स्थिति रहला आदि विषयको बहस चलिरहेको समयमा ज्योतिर्विज्ञान के भन्छ त एक छिन विचार गरौं । २०६४।६।८ नेपाली कांग्रेसको एकीकरणको समयमा काठमाडौंको क्षितिजमा सायन कम्ुभ लग्न उदाइरहेको थियो भने चन्द्रमा मिन राशीमा र र्सर्ूय तुला राशीमा विराजमान थिए ।कुम्भ लग्नलाई स्थिर लग्न मानिएको छ । अर्थात् यस लग्नमा गरिएका कार्यहरु चीर स्थायी रहने मानिए तापनि लग्नको स्वामी एवं मृत्यु स्थानमा जानुले अशुभको संकेत गर्दछ । जसको फलस्वरुप कहिल्यै नछुट्ने बाचा खाएका कृष्णप्रसाद भट्टर्राईको चिठ्ठीले नेपाली कांग्रेसमा हलचल ल्याएको प्रष्ट हुन्छ ।एकादश स्थानमा रहेका स्वगृही बृहस्पतिले चुनावमा आफ्नै बर्चस्वता राख्ने देखिए तापनि विरोधीहरुको स्वामी र्सर्ूय भाग्य स्थानमा रहेको हुनाले विदेशीहरुको सहायतामा कांग्रेस विरोधीले ठूलै चलखेल गर्ने देखिन्छ । र्सवसाधारण जनताका स्वामी विरोधीको घरमा बसेको हुनाले कांग्रेसले जनता रिझाउन अर्काकै गणतन्त्रको नारालाई आफ्नो एजेण्डा बनाएको प्रष्ट हुन्छ ।एकीकृत पछि संसद्को सबैभन्दा ठूलो दलको रुपमा उपस्थित कांग्रेसले सत्ताबाट बाहिरिएको माओवादीलाई सत्तामा फर्काउने सम्भावना देखिएको छ । तर लग्नेस स्वयं मृत्यु स्थानमा गएको हुनाले वर्तमान मन्त्रिमण्डल विघटन हुन गई नयाँ समीकरणको प्रवल सम्भावना देखिन्छ । २०६४ साल फागुनसम्म शनीभित्र रहेका मंगलले नेताहरुमा अहमको टकरावले समस्या निम्त्याउन सक्छ । त्यसपछि साँढे २ वर्षति चल्ने राहुको पालोमा फेरि कांग्रेसमा फूट र विघटनको स्थिति आउने देखिन्छ । वर्तमानमा मृत्यु स्थानमा रहेको शनि र केतु एवं द्वितीय स्थानमा २०६५ असारसम्म रहने राहुले गर्दा वरिष्ठ नेताहरुलाई पिर्नेछ । अर्थात् नेताको संख्यामा कमी आउने छ ।एकीकरणको लग्नमा सप्तम् भावमा अवस्थित शुक्रले कांग्रेसमा स्त्रीजातिको बाहुल्य बढ्ने र पुरुष नेताहरु यौनकाण्डमा फस्ने पनि देखिन्छ । एकीकरणको समयमा वृहस्पति र शुक्र बाहेक अन्य ग्रहहरुको अवस्था सुदृढ देखिएको छैन । फलस्वरुप नेपाली कांग्रेस पार्टर्ीी विभिन्न कष्टहरुको सामना गर्नुपर्ने देखिन्छ ।