Pages

Thursday, April 30, 2015

During a earthquake I was On air, Look my condition

Tuesday, January 27, 2015

आजको राशी भविष्यवाणी - वि.सं.२०७१ साल माघ १३ गते मंगलवार।

आजको राशी भविष्यवाणी - वि.सं.२०७१ साल माघ १३ गते मंगलवार।

Tuesday, January 6, 2015

वैदिक सिद्धान्तअनुसारको विवाह साइत

काठमाडौं पौष २२। वैदिकहरुलाइ विवाह– संस्कार कर्म गर्न उत्तरायणका
शुक्लपक्षको पुण्याह (राम्रो तिथि र राम्रो नक्षत्र भएको दिन) भए पुग्छ,
लग्नादिको अरु विचार गर्न पर्दैन । पुण्याह भनेको राम्रो तिथि र राम्रो
नक्षत्र परेको दिन हो भन्ने कुरा शास्त्रहरुको अनुशीलनबाट बुजिञ्छ । इच्छा
हुनेले लग्नको पनि विचार गरेर काम गरे हुञ्छ । गृह्यसूत्रका प्रतिकूल कालको
लग्न भने कथमपि लिन हुँदैन । २०७१ पुस ७ गते परेको शुक्लप्रतिपदाबाट
वेदाङ्गज्योतिषअनुसार नयाँ वर्ष कलिसंवत् ५०८० लागेको छ र यो वर्ष आगामी
२०७२ मङ्सिर २५ गतेको औँसीमा पूरा हुञ्छ । वर्तमान कलिसंवत् ५०८०को
स्वाद्ध्यायशाला कुटुम्बद्वारा प्रकाशित सम्पादक प्रमोदवर्धन
कौण्डिन्न्यायन “वैदिक तिथिपत्रम्” (वैदिक पात्रो) अनुसार एस वर्षका
विवाहमा ग्राह्य पुण्याहको विवरण तल दिइएको छ । वैदिक सिद्धान्तमा
पूर्वाह्णमा (१२ बजेसम्ममा) सँस्कार कर्म गर्नु पर्ने नियम छ । तल जुन
गतेको कोष्ठमा “उग्र” अथवा “त्रूmर” भन्ने उल्लेख गरिएको छ, त्यस दिन
वेदाङ्गज्योतिषमा बताइएअनुसारको उग्र अथवा त्रूmर नक्षत्र परेको हुँदा त्यो
दिनको साइत क्षत्रियका निम्ति मात्र ग्राह्य हो भन्ने बुझ्नुपर्छ ।
विवाहदिन—
उत्तरायण तपोमास अथवा आर्तव माघमास शुक्लपक्षका दिनहरु— २०७१ पुस ९, ११, १६ (उग्र नक्षत्र), १९ गते ।
तपस्यमास शुक्लपक्षका दिनहरु— माघ ८, ११, १२, १३ (उग्र), १६ १७ ।
मधुमास शुक्लपक्षका दिनहरु— फागुन १०, ११, १२ (उग्र), १५, १६ ।
माधवमास शुक्लपक्षका दिनहरु— चइत ८, ९ (उग्र), १२, १३, २१ ।
शुक्रमासका शुक्लपक्षका दिनहरु— २०७२ वैशाख ९, १०, १७, १८, १९ (उग्र), २० (उग्र) ।
शुचिमासका शुक्लपक्षका दिनहरु— जेठ ६, ७, १४, १५, १६ (उग्र), १७ (त्रूmर) ।