Pages

Monday, March 25, 2013

नेपाल साप्ताहिक अंक: ५३८, २०६९ चैत्र ११ मा छापेको लेखमा म

लामो टुप्पी, सेतो कुर्ता र धोती, सातपत्रे कुण्डली हातमा लिएर अरूको भाग्य र भविष्य बताउने। बदलामा चामल र केही दक्षिण थाप्ने। पढालिखा र तन्नेरी डिजिटल पुस्ताको प्रवेशसँगै सनातनी ज्योतिष पेसाको पुरानो परचिय फेरिएको छ। र, यो बिस्तारै एउटा उन्नत पेसाका रूपमा  रूपान्तरति हुँदै छ। सहरबजारमा अफिस नै खोलेर ज्योतिष पेसामा लागेका तन्नेरी पुस्ता अरूको भाग्य र भविष्य मात्रै बताइरहेका छैनन्, आफ्नो भाग्य र भविष्यसमेत समृद्ध पाररिहेका छन्।
सुनील शर्मा सिटौला, ३३, धादिङका सुनील शर्मा सिटौलालाई ज्योतिषी बन्छु भन्ने कहिल्यै लागेको थिएन। गाउँबाट पढ्नका लागि काठमाडौँ सहर झरेपछि अनायासै उनको पाइला यतातिर मोडियो। काठमाडौँमा रहेका आफन्तका घरमा बस्दा एक दिन उनको आँखा हस्तरेखा विज्ञानको किताबमाथि पर्‍यो र त्यही किताब पढ्दा पढ्दै उनलाई ज्योतिषी बन्ने रहर जाग्यो। सुरुका दिनमा उनी स्कुले साथीभाइ अनि शिक्षकहरूको हात हेरिदिन्थे र उनीहरूको भाग्य र भविष्यका बारेमा फटाफट बताइदिन्थे। त्यतिबेला कसैले उनलाई स्याबासी दिए त कसैले अविश्वास गर्दै ओठ लेप्य्राए। एसएलसी सकेपछि ज्योतिष विज्ञानप्रतिको सम्मोहनले कोलकातासम्म पुर्‍याइदियो। उनी विश्व ज्योतिष विद्यापीठमा भनर्ा भए र फलित ज्योतिषमा स्नातकोत्तर सके। काठमाडौँ फर्केको केही समयपछि नै उनले ग्लोबल एस्ट्रोलोजिकल रसिर्च सेन्टर खोले र हस्तरेखा विज्ञानसम्बन्धी चक्र ज्योतिष नामक पत्रिका प्रकाशन सुरु गरे।
चल्तीका यी सेलिबि्रटी ज्योतिषीको जीवनमा सनातनी ज्योतिषीजस्तो धोती, कुर्ता, लामो टुप्पीजस्ता विम्ब भेटिँदैन। आधुनिक जीवनका सबै ठस्साहरूसँग परिचित उनीहरू हरदम सफाचट अनुहारमा देखिन्छन्, कोट र सुटमा। यिनीहरू पढेलेखेका छन् र रैथाने ज्योतिष पेसालाई सम्मानजनक बनाउन सफल छन्। डिजिटल दुनियाँमा ज्योतिष पेसालाई आधुनिकीकरण गररिहेका यिनीहरूकहाँ समाजका हाइप्रोफाइल मानिसहरूको समेत बाक्लो आउजाउ छ। रोजीरोटीको विकल्पबाट आज ज्योतिषी विधा पेसामा रूपान्तरण भइसकेको छ।
सुनीलको भनाइमा आधुनिक भएर पनि ज्योतिष पेसा गर्न सकिन्छ र त्यसका लागि आफूलाई पनि ज्ञान र परिधानका हिसाबले आधुनिक देखाउन सक्नुपर्छ। ज्योतिषी हुन लामो टुप्पी पाल्नैपर्ने र धर्म गर्नैपर्छ भन्ने होइन, यो त धर्मभन्दा परको विज्ञान हो। 
पढेलेखेका र ज्योतिष पेसालाई विज्ञानसँग जोडेर हेर्ने शैलीका कारण सुनील केही वर्षमै राजधानीका हाइप्रोफाइल ज्योतिषीको सूचीमा आफ्नो नाम लेखाउन सफल भए। उनको ज्योतिषी यात्रा अनेक सुखद संयोगहरूले भरएिको छ। जस्तो : उनले राजधानीका पाँचतारे होटल याक एन्ड यती र सोल्टी होटलमा रहेको क्यासिनोमा सात वर्षसम्म ज्योतिष पेसाकै जागिर खाए। क्यासिनो छिर्ने अधिकांश विदेशी आफ्नो भाग्य जान्न उनको शरण पर्थे। भन्छन्, "त्यसरी हात देखाउनेहरू अधिकांश विदेशी नै हुन्थे।"
सुनीलचाहिँ ज्योतिष पेसालाई थप प्राज्ञिक र बृहत् बनाउने ध्याउन्नमा छन्। उनी इमेज  नेटवर्क अन्तर्गतका दुई एफएममा प्रत्येक साता आठ कार्यक्रम चलाउँछन्। तिनमा उनी श्रोताले टिपाएको सूचनाका आधारमा उनीहरूको भाग्य र भविष्य बताइदिन्छन्। त्यसो त ६ वर्षअघि नै उनले इमेज टेलिभिजनमै जन्मकुण्डली नामक कार्यक्रम पनि चलाएका थिए। सुनीलले आफूलाई समय अनुसार अपडेट पनि गरेका छन्। सुरुसुरुका वर्षमा जन्ममिति र समयका आधारमा पात्रो पल्टाएर उनी जन्मकुण्डली तयार पार्थे। अहिले उनी ती सबै कामका लागि ल्यापटप र एप्सको भर पर्छन्। भन्छन्, "पात्रो थन्क्याएको नै १० वर्ष बितिसकेछ।"
सनातनी कर्मकाण्डी पुरेत र ज्योतिषीबीचको धेरै अन्तर नमान्ने समाजमा सुनील हिन्दु धर्मग्रन्थदेखि बाइवल र कुरानसम्म पढ्छन्। ज्योतिषी भन्दैमा सनातनी चलन छाड्नै नहुने र कर्मकाण्डी पण्डितजस्तै बन्नुपर्छ भन्ने उनलाई लाग्दैन। बृहत् हस्तरेखा, हस्तरेखा विज्ञान र सुगम ज्योतिष पुस्तक लेखिसकेका उनी भन्छन्, "ज्योतिषीहरूले पनि आफूलाई विज्ञानको प्रगति अनुकूल बनाउनु जरुरी छ।"
सामसुङ्को स्मार्टफोन बोक्ने सुनीलले जन्मकुण्डली हेर्ने एप्स मोबाइलमा पनि राखेका छन्। तुरुन्तै भाग्य र भविष्य जान्न चाहनेलाई मोबाइलबाटै काम फत्ते गरिदिन्छन्। डिजिटल जमानाका ज्योतिषी सुनीलको आफ्नै वेबसाइट पनि छ, जसका दैनिक ५ देखि ६ सय 'भिजिटर' छन्। कम्प्युटरको प्रयोग गरेर नै पहिले दुई दिन लगाएर बनाउनुपर्ने चिना अहिले उनी ३० सेकेन्डमै बनाएर दिन्छन्। कतिले त आफ्नो जन्मकुण्डली डिजिटल नै लिएर पनि जान्छन्।
मैतीदेवीमा ज्योतिष विज्ञान मञ्चको अफिस नै खोलेर बसेका सुनीलकहाँ पहिल्यै समय मिलाएर दैनिक कम्तीमा पनि १० जना आफ्नो भाग्य र भविष्य हेर्न पुग्छन्। कैयन्ले उनलाई विदेशबाटै पछ्याउँछन्। आफ्नो जन्ममिति र समय इमेल गरिदिन्छन् र त्यसैका आधारमा भाग्य र भविष्य थाहा पाउँछन्। 

२०६९ चैत्र १३ गते मंगलवार फागु पूर्णिमा

हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई फागु पूर्णिमा भनिन्छ । फागु हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। भक्तपुरमा चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ ।
भक्तपुरका तत्कलिन राजा जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको  योनी जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग अथार्त लगलाई टोल-टोलमा पसलै पिच्छे घुमाएर पूजा गरी घुमाएर पुन मन्दिरको पाटीमा राखिने परम्परा छ। काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ । परम्परा अनुसार यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ ।  लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ |
 काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिङ्गो) फागुन शुक्ल अष्टमीको दिन गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
निरयण गणना अनुसार नेपाली पहाडी भेगमा २०६९ चैत्र १३ गते मंगलवार फागु पूर्णिमा मनाइदैछ। भारतमा “होली” भनिने हुनाले सोही सिको गरेर नेपालमा पनि आजकाल होली नै भन्ने गरिन्छ । रङ्गहरुको पर्व फागू सद्भाव र आत्मियता साटासाट गरि हहर्षोल्लासपूर्वक मनाइन्छ।फागु पुर्णिमा मा कुन रङ्को प्रयोग गर्ने भन्ने बारेमा केही जानकारी गरौदैछु।
मेष राशि को लागि सेतो रातो र पहेलो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
वृषभ राशिको लागि निलो र हरियो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
मिथुन राशिको लागि रातो, पहेलो निलो र हरियो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
कर्क राशिको लागि रातो, पहेलो र गुलबी रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
सिंह राशिको लागि रातो, पहेलो र क्रीम रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
कन्या राशिको लागि हल्क निलो र आकाश रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
तुला राशिको लागि सेतो र हल्का पहेलो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
वृश्चिक राशिको लागि हरियो र हल्का गुलबी रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
धनु राशिको लागि हरियो पहेलो र हल्का सुन्तला रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
मकर राशिको लागि हरियो निलो र हल्का सेतो रङ्ले फागु खेल्नु उत्तम रहनेछ।
कुंभ राशिको लागि गुलबी निलो र आकाश फागु खेल्नु उत्तम रहनेछ।
मीन राशिको लागि सेतो र पहेलो फागु खेल्नु उत्तम रहनेछ।

फागु पूर्णिमामा ग्रह शान्ती गर्ने

भोली फागु पूर्णिमा चैत्र १३ गते मंगलवार अपरान्ह ४ बजेर ३९ मिनेट देखी पूर्णिमा तिथी शुरु हुनेछ। सुर्यास्त ६ बजेर १४ मिनेटमा हुन्छ। प्रदोस काल ८ बजेर ३८ मिनेट सम्म रहनेछ। उक्त समयमा ग्रह शान्ती पाठ, दान दक्षिण, शिव मन्त्र पाठ  गर्ने गर्दा पिडा र कस्ट्बाट छुटकरा मिल्ने छ।
शिवपंचाक्षरी मंत्र :ऊँ नम: शिवाय" पाठ गरी श्रद्धाले स्मरण गर्ने  -
शिवो गुरु: शिवो देव: शिवो बन्धु: शरीरिणाम्।
शिव आत्मा शिवो जीव: शिवादन्यन्न किञ्चन।।

Wednesday, March 20, 2013

Guru Pushya Yog-Tomorrow Thursday 21 March 2013

Jyotish is a divination. Jyotish is a Vedanga. Hindus consider it as an eye of Vedas.  Astrology is a trusted science and is being practiced for over 4000 years.
According to Aartav Jyotish, Tomorrow Thursday 21 March 2013, Moon will be transiting through Pushya Nakshatra till 10.13 Am on Kathmandu Nepal.
According Jyotish, It is considered as a highly auspicious day for starting any venture, business, purchasing gold, good for auspicious and religious activities.
You can initiate any work related to your family, job, education, career, investment, business as this Yog guarantee 99.99% of success in your endeavor.

आर्तव पद्धति अनुसार ज्योतिष परामर्श

आर्तव (सायन) पद्धति अनुसार ज्योतिषसम्बन्धी परामर्शको लागि, हस्तरेखा देखाउनु परेमा, वास्तुशास्त्र अनुसार घरको नक्सा बनाउनु परेमा तथा निर्माण भइसकेको घर, अफिस, पसल तथा जग्गाको वास्तु स्थिति अवलोकनको साथै रत्न सम्बन्धी परामर्शको लागि, वरवधुको चिना मिलाउनुका लागि, विवाह लगन लेख्न परेमा पनि सर्म्पर्क गर्नुहोला। 
डा. सुनील शर्मा सिटौलोपाध्याय 
ज्योतिर्विज्ञान मञ्च मैतिदेवी, काठमाडौँ, नेपाल,
फोनः ९८५१०-७२१८८.
email: info@astrologernepal.com

महत्वपूर्ण भौगोलिक दिनहरु

सूर्यको किरण पृथ्वीमा पर्ने सन्दर्भमा चार भौगोलिक दिनहरु महत्वपूर्ण मानिन्छन् ।  १. मेष विषुवत् दिन २. दक्षिणायन आरम्भ दिन ३. तुला विषुवत् दिन र ४.  उत्तरायणारम्भ दिन।
आज उत्तरी ध्रुव र दक्षिणी ध्रुवमा बाहेक सबै तिर दिन र रात बराबर हुने भौगोलिक महत्त्वको मेष विषुवत्को दिन। आजको दिनलाई अंग्रेजीमा VERNAL EQUINOX भनिन्छ । विषुवत् दिनमा सूर्य भु–मध्यरेखाको ठिकमाथि पर्न आउँछ र जस्को कारणले पृथ्वीका दुवै गोलार्धमा सूर्यको किरणले समान रुपले पर्दछ र ध्रुवमा बाहेक सबै तिर दिन र रात बराबर हुन्छ । भोलीबाट उत्तरी गोलार्धमा रात भन्दा दिन लामो र दक्षिणी गोलार्धमा दिन भन्दा रात लामो हुन थाल्छ । त्यसैगरी उत्तरी ध्रुव छ महिनाको अवधि सम्म उज्यालो र दक्षिणी ध्रुव छ महिनाको अवधि सम्म अन्धकारमा रहन्छ ।

Monday, March 18, 2013

EQUAL DAY and NIGHT

Day and night equal on 20th march 2013. At Kathmandu, Sun rise on 6.11 am and sun set on 6.11 Pm. As per tropical calculation sun enters into Aries at 4.46 Pm.

Sunday, March 17, 2013

ज्योतिषीय परामर्श सेवा



विश्वको कुनै पनि स्थानमा रहनुभएका व्यक्तिहरुले नेपालमा दशकौ देखी ज्योतिष सेवामा समर्पित प्रख्यात ज्योतिषज्यू डा. सुनील शर्मा सिटौलोपाध्यायबाट ज्योतिषीय परामर्श सेवा लिन सक्नु हुनेछ ।  
 जन्मकुण्डली फल, व्यापार, व्यवसाय, रोजगारी, प्रेम, विवाह, शिक्षा, सन्तान, कार्यक्षेत्र, बास्तु तथा नम्बर, रंग, बार लगायत अन्य विविध ज्योतिषीय परामर्शहरु साथै जीवनमा आइपर्ने विविध समस्याहरुको ज्योतिषीय समाधानका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।

विस्तृत जानकारीका लागि यस केन्द्रमा सम्पर्क :-
ज्योतिर्विज्ञान मञ्च मैतिदेवी, काठमाडौँ, नेपाल, फोनः ९८५१०-७२१८८. email Info@astrologernepal.com



 

Wednesday, March 13, 2013

Commodity and Forex Forecast

According to my astrological calculation by observing the positions of stars, planets, the Sun, and Moon. Gold price could go down from 14th march 2013. Share market could show Upward trends. Silver may go down.
Copper and Crude oil could go up. These forecasts are only for till 20 March 2013. After that you will get my new forecast...

Tuesday, March 12, 2013

ज्योतिषशास्त्र अनुसार एसएलसी परीक्षाको तयारी

यतिबेला कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू पर्सी चैत्र १ गते देखी शुरु हुने एसएलसी परीक्षाको तयारीमा जुटेका छन्।  यो परीक्षा पार गरेपछि उच्च शिक्षाको ढोका खुल्ने भएकाले एसएलसी उत्तीर्ण हुनुलाई राम्रो उपलब्धि मान्ने गरेका छन् विद्यार्थीहरूले। उच्च शिक्षा अध्ययनका लागि एसएलसीमा प्राप्त हुने अंकले पनि निकै महत्व  राख्छ। त्यसैले छोराछोरीले उत्कृष्ट नतिजा हासिल गर्ने कुरामा अभिभावकको जिम्मेवारी पनि कम हुँदैन। तर ग्रह, भाग्य लगाएत कुरालाई पनि विचार गर्नु पर्छ । ज्योतिश शास्त्र अनुसार निम्न बिधी गर्ने गरेमा एसएलसीमा राम्रो अंक पार्प्त गर्न सकिनेछ ।
मेष राशिका विद्यार्थीहरूले केशरको तिलक लगाउदा राम्रो हुन्छ ।
बृष राशिका विद्यार्थीहरूले मुङीको दाललाई धर्मिक स्थलमा दान दिने, राम्रो हुन्छ ।
मिथुन राशिका विद्यार्थीहरूले तुलसिको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।
  कर्कट राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।
सिंह  राशिका विद्यार्थीहरूले चनाको दाल खाएर निस्कनु राम्रो हुन्छ ।
कन्या  राशिका विद्यार्थीहरूले पिपलको  दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।
तुला राशिका विद्यार्थीहरूले काली गाईलाई दर्शन गरेर निस्कनु राम्रो हुन्छ ।
बृश्चिक राशिका विद्यार्थीहरूले तुलसिको दर्शन गर्ने गर्दा राम्रो हुन्छ ।
धनु  राशिका विद्यार्थीहरूले घरबाट निस्कदा मह खाएर निस्कनु राम्रो हुन्छ ।
मकर राशिका विद्यार्थीहरूले गणेश देवता को प्रार्थन गर्ने गर्दा राम्रो हुन्छ ।
कुम्भ राशिका विद्यार्थीहरूले सेतो चन्दनको तिलक लगाउदा राम्रो हुन्छ ।
मिन  राशिका विद्यार्थीहरूले जननीको आशिर्बाद लिने गरेमा राम्रो हुन्छ ।

Saturday, March 9, 2013

महाशिवरात्रिको दिन तामाको भाडोमा गंगाजल या दुध राखी शिवलिङमा ११ पटक निम्न लघुरुद्राभिशेक स्त्रोत पाठ गर्ने गरेमा सुख शान्ती संबृधी बड्ने छ।

महाशिवरात्रिको दिन तामाको भाडोमा गंगाजल या दुध राखी शिवलिङमा ११ पटक निम्न लघुरुद्राभिशेक स्त्रोत पाठ गर्ने गरेमा सुख शान्ती संबृधी बड्ने छ।

Tuesday, March 5, 2013

Nepali Share Could go Up.

Nepali share market is going down nowadays , According to my calculation, The Share Market will bounce back after March 12 March 2013.

Sunday, March 3, 2013

Forex trading tips

Astrology can guide to forex traders, Astrology can give you market trends. which time is best to go long and short. In which time it will be volatile. which pair is suitable to trade etc...

Friday, March 1, 2013

Commodity and Planets.

Planet sun and jupiter rules over gold and precious stones. moon rules over silver. mars and Saturn rules iron steel and copper. mercury rules over bronze. Venus rules silver, doamond. find out which planet rules your income and invest on that commodity to gain maximum profit.