Pages

Thursday, July 7, 2011

पूर्वराजा ज्ञानेन्द्रको ६५ औ वर्षकुण्डली

पूर्वराजा ज्ञानेन्द्रले बुधबार आफ्नो  ६५ औ जन्मदिन भव्यरुपमा मनाइएक छन् । उक्त समयको वर्षकुण्डली जन्म कुण्डलीको छैठौँ भाव लग्नमा आउनु ताजिकशास्त्रले त्यति शुभफल बताएको छैन । रोग र शत्रु वृद्धि हुन जानेछ । घरमा कलह एवं पश्चातापको अग्निले जलाउने छ । यो साल मुन्था पनि द्वादश भावमा रहेको हुनाले शरीरमा कमजोरी, दर्ुबलता एवं मरणान्तक कष्ट हुने ताजिकशास्त्रले बताएको हुनाले शान्तिको लागि मुन्थादान गर्नु आवश्यक छ । मुन्थादानको लागि काँसको थालीमा घ्यू, सेतो वस्त्र, अन्न एवं तुलादान गर्नुपर्दछ । साथै, मरणान्तक कष्ट दिने यो साल देखिएको हुनाले शनि मृत्युञ्जयको जप एकदम जरुरी देखिन्छ ।
उहाँ बिंस २००४ सालमा तत्कालीन युवराज महेन्द्र र युवराज्ञी इन्द्रकुमारीको दोस्रो पुत्रको रुपमा जन्मनुभएको थियो । उहाँ २०५८ सालको दरवार हत्याकान्डपछि जेठ २२ गते नेपालको विधिवत राजा हुनुभएको थियो । तर २०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा भएपछि भने नागरिक बन्नुभएको छ ।