Pages

Friday, April 13, 2018

विश्व ज्योतिष महासंघको २३औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं चैत्र ३०। २०५२ सालमा चैत्र २८, २९ र ३० गते नेपालमा सम्पन्न सार्क स्तरीय ज्योतिष सम्मेलनले अन्तर्राष्ट्रिय कार्यक्षेत्र भएको महासंघ गठन गर्ने सैद्धान्तिक सहमति गरेपछि २०५५ साल अर्थात सन १९९८ मा काठमाडाँै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले सो सम्मेलनमा सहभागी देशका प्रतिनिधि रहेको २१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । सो तदर्थ समितिका केही सकृय सदस्यहरुको पहलमा विभिन्न देशमा सम्पन्न सम्मेलनहरुमा छलफल र विचार विर्मश भै विश्व ज्योतिष महासंघको प्रधान कार्यालय नेपालमा राख्ने सहमति भएपछि संस्था दर्ता ऐन २०३४ अनुसार सो महासंघले २०७४ साल वैसाख ७ गते वैधानिकता प्राप्त गरेको थियो । २०५२ मा स्थापना भएको विश्व ज्योतिष महासंघले १२ अप्रिलमा प्रत्येक वर्ष स्थापना दिवस मनाउने निर्णय गरेअनुसार २३औं वार्षिकोत्सव समारोह होटल काजे दरवारमा सम्पन्न गरेको थियो । सो समारोहमा नेपाल, भारत,जापान, कोरिया, अमेरिकाबाट सदस्यहरु भाग लिन आएका थिए । सो समारोहको प्रमुख अतिथिमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, प्रा.डा. रामचन्द्र गौतम, विशेष अतिथिहरुमा प्रा.डा.माधव भट्टराई, प्रा.श्रीकृष्ण अधिकारी, पूर्व राज्यमन्त्री श्रीमती कान्ता भट्टराई रहनुभएको थियो । समारोहमा भारतबाट पाल्नु हुने महासंघका पदाधिकारीमा मा डा. सत्य विस्वास , पं.दिवाकर शर्मा, अशोक कुमार मिश्र, अरुणकुमार श्रीवास्तव रहनुभएको थियो । अन्य देशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुमMrs. Linda Rouse U.S.A,Mr. Gary Smith , U.S.A., Mrs. Yoshiko Japan, Mrs. Ania Rinchen Korea रहनु भएको समारोहलाई सम्वोधन गर्नेहरुमा प्रा.डा.माधव भट्टराई , ज्यो.माधवराज पाण्डे,पूर्वराज्यमन्त्री कान्ता भट्टराई ,डा.सत्य विश्वास,डा.सहदेव विष्ट, प्रा. श्रीकृष्ण अधिकारी र सो समारोहका प्रमुख अतिथिमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, प्रा.डा. रामचन्द्र गौतम रहनुभएको थियो । समारोहमा स्वागत डा.सुवोध कुमार शुक्ल, धन्यवाद ज्ञापन वास्तुविद् डा. माधव मंगल जोशी र सभापतित्व विश्व ज्योतिष महासंघका अध्यक्ष एवं पञ्चांगकार ज्यो. डा. लोकराज पौडेलले गर्नुभएको समारोहमा १९९६ र १९९८ मा गठन एवं पुनर्गठन भएको तदर्थ समितिका २१ सदस्य मध्ये उपस्थित सदस्यहरुलाई सम्मान गरिएको थियो । दिवंगत तदर्थ समितिका पदाधिकारीहरु, सदस्यहरुको स्मरणमा मौन धारण गरिएको थियो । त्यसैगरी महासंघलाई वैधानिकता दिन विधानमा हस्ताक्षर गर्ने ५जना ज्येष्ठ संस्थापकहरुलाई सम्मान गरिएको थियो । सो सामारोहमा सम्मानित हुनेहरुमा प्रा.डा. माधव भट्राई ,वास्तुविज्ञ अच्युतप्रसाद नेपाल, डा. खिलनाथ वस्ताकोटी, ज्यो. तिलकराज पौडेल,श्रीमती कान्ता भट्टराई,वास्तुविद् माधवमंगल जोशी,पं.सूर्यप्रसाद ढुङ्गेल,डा.देवीप्रसाद खनाल,सन्तोष वशिष्ठ,भुपेन्द्र घिमिरे रहनु भएको थियो । भारतबाट सम्मानितहुनेमाडा. सत्य विस्वास , पं.दिवाकरशर्मा, पं.अशोक कुमार मिश्रले सम्मान पत्र पाप्त गर्न भएको थियो ।
समारोहमा सहभागी ५जना सस्थाका प्रमुख र विदेशी सवै प्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो समारोहमा पोखरामा ज्येष्ठ १२ र१३ गते सम्पन्न हुने चौथो दक्षिण एशियाली ज्योतिष तथा वास्तु सम्मेलन भव्यताकासाथ सफल पार्न सवैको सहयोगको अपेक्ष गरिएको थियो ।