Pages

Monday, January 21, 2008

राजसंस्था सुरक्षित रहने


राजसंस्था सुरक्षित रहने
अहिले देशमा संविधानसभाको चुनावको व्यापक प्रचार-प्रसार भइरहेको छ । संविधानासभाको चुनावपछि नेपालमा राजा राख्ने वा नराख्ने निर्ण्र्ााहुने कुरा बारम्बार प्रकाशित हुँदै आएको सर्न्दर्भमा ज्योतिर्विज्ञान राजसंस्थाको बारेमा के भन्दछ त विचार गरौँ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र वीरविक्रम शाह नेपालको महाराजाधिराज घोषणा गरिएको समय २०५८।२।२२ दिउँसो ११ः२ मा काठमाडौँको पर्ूर्वीय क्षितिजमा सिंह लग्न उठाइरहेको थियो । सिंह लग्नलाई ज्योतिषशास्त्रले स्थिर लग्न मान्दछ, अर्थात् सिंह लग्नमा भए, गरेका कार्यहरू चीरस्थायी हुनेछ । ज्योतिषशास्त्रको यही मान्यताअनुसार नै आधुनिक नेपालका बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट सिंह लग्न र उत्तराभाद्रपदा नक्षत्रमा नेपालको राजसिंहासनमा राज्यारोहण गरिएको कुरा इतिहासविद्हरूले बताएका छन् । यहाँ एक अनौठो कुरा त के छ भने पृथ्वीनारायणहले राज्यारोहण सिंह लग्नमा ज्योतिष हेराएर गरेका थिए । तर आकस्मिक रूपमा भएको ज्ञानेन्द्रको राज्यरोहण पनि सिंह लग्नमा नै भएको छ । यस कारण ज्योतिषशास्त्रअनुसार नेपालमा राजसंसथाको स्थान सुरक्षित रहने देखिन्छ । राज्यरोहणको समयअनुसार वर्तमानमा बृहस्पतिको महादशा राहुको अन्तरदशा र चन्द्रमाको प्रत्यान्तर दशा २६ माघ २०६४ भित्र रहेको छ । चन्द्रमा व्यय भावको स्वामी भएर आकार हुन गएको हुनाले राजसंस्था असफल रहेको भए तापनि त्यसपछि प्रत्युत्तरमा आउने मङ्गलले चैत १५ गतेसम्म आफ्नो प्रभाव देखाउने छ । सिंह लग्नमा मङ्गल प्रबल राजयोग कारक भई त्रिकोणमा केतुसँग रहेको हुनाले अधिकार केही मात्रामा खण्डित भए तापनि राज्यसत्तामा आफ्नो अधिकारको लागि भरपुर प्रयास गराउने देखिन्छ । त्यस समयमा राजाद्वारा राज्यमा आफ्नो अधिकार स्थापित गर्न कुनै असफल, वक्तव्य वा घोषणा हुने सम्भावना ज्योतिर्विज्ञानबाट देखिन्छ ।