Pages

Friday, June 21, 2013

आज बाट दक्षिणअयन शुरु

आज २१ जुन । सामान्यतः आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । आजदेखि औपचारिक रुपमा गर्मी शुरु भएको मानिन्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुनमा दिन लामो हुन्छ । ज्योतिश शास्त्र अनुसार आज बाट दक्षिणअयन शुरु हुने हुन्छ। काठमाडौंको आकाश मा बिहान् १० बजेर ४० मिनेट मा सुर्य कर्कट राशिमा प्रवेश गरेको छ।
अन्तर्राष्ट्रिय समय अनुसार लामो दिन जुन २०, २१ या २२ तारिख मध्य कुनै एक दिन पर्छ.