Pages

Monday, December 10, 2007

गौतम बुद्ध ठूलो की शंखधर?

आजकल बिक्रम संवत्लाई भारत उज्ज्येनका राजा बिक्रमादित्यले चलाएको हुनाले यो विदेशी संवत हो र नेपालका शंखधर शाख्वाले चलाएको भनिएको नेपाल संवत नेपालको आफ्नो भनी भ्रम सिर्जना गर्ने गरेको यत्रतत्र देखिन्छ । तर बिक्रम संवतर््र् इस्वी संवत भन्दा ५७ वर्षअघि नै स्थापित भइसकेको देखिएको छ । जबकि भारतका बिक्रमादित्यर् इस्वी संवत भन्दा पछिका देखिन्छन् । अबर्,र् इस्वी संवत भन्दा ५७ वर्षपछि चलेको संवतका संस्थापक उनी कसरी भए - ज्योतिर्विज्ञान अनुसार बिक्रम संवत र्सर्ूयको गणनाको आधारमा र्सर्ूयको प्रविष्टी हुने मेष, वृष, मिथुन, कर्कट आदि राशिक्रम अनुसार देखिन्छ । वार पनि आइत, सोम, मंगल राखेको पाइन्छ । यी बारका नाम ज्योतिर्विज्ञानसँग सम्बन्धित छन् । उत्तरायण, दक्षिणायण लगायत ऋतु परिवर्तन पनि र्सर्ूयको गति अनुसार कायम भएको पाइन्छ । ऋतुहरु पनि र्सर्ूयको गति अनुसार नै रहेको देखिन्छ । यही तथ्यको विवेचना गरी चन्द्रशमशेरको समयमा यसलाई मान्यता दिएको देखिन आउँछ । हाल नेवार जातिमा चाडवाडको रुपमा प्रचलित नेपाल संवतलाई राष्ट्रिय संवत भनाउने जमर्को गरेको पाइयो । संखधरको नाउ नेपालमा दर्ुइथरी चलेको पाइन्छ । प्रथम शंखधर राजा भगिरथ देखिन्छ । जसको मर्ूर्ति हर ढुंगेधारामा स्थापित भएको पाइन्छ । जुन भगिरथले पृथ्वीमा जलधारा प्रवाहित गर्न अघोर तपस्या गरेको कथा पुराण आदिबाट ज्ञान हुन्छ । अब प्रश्न उठ्छ कि धर्तीमा जल प्रवाहित गराउने राजा भगिरथ महत्वपर्ूण्ा हुन् कि जालझेल गरी अर्काको सम्पत्ति आफ्नो बनाई सीमित मान्छेहरुको ऋण तिर्ने शंखधर ठूलो - अर्को तर्फराघवदेवको पालामा स्थापित नेपाल संवत, त्यस बखतको सामन्ती प्रथा अनुसार राजाको नाउमा संवत नफेर्राई साधारण प्रजाको नाउँमा कसरी संवत रहृयो - यो सोचनीय विषय देखिन्छ । यदी राष्ट्रिय गौरवकै कुरा गर्ने हो भने विश्वविख्यात सिर्द्धार्थ गौतम नेपालमै जन्मिएका भन्ने प्रमाणित भइसकेको छ । त्यस्ताको नाउँमा चलेको बुद्ध संवत, जो बिक्रम भन्दा पनि पूरानो छ । त्यसलाई किन प्रचलनमा नल्याउने त -
ज्योतिर्विज्ञानको गणना अनुसार सिर्द्धार्थ गौतमको जन्म १४ अप्रिल ६२३ बी.सी. मा भएको देखिन्छ । जसअनुसार आज बुद्ध संवत २६३० भइसकेको छ । अब हामीले बुद्धको नाउँमा गौरव गर्ने कि शंखधरको नाउँमा नाक फूलाउने - चिन्तन गर्नुपर्ने विषय देखिन्छ। यस बारेमा सबैबाट विचार, विमर्श रहोस् भन्ने प्रस्ताव सबै समक्ष प्रस्तुत गरिन्छ ।