Pages

Showing posts with label ज्योतिष पेसा. Show all posts
Showing posts with label ज्योतिष पेसा. Show all posts

Monday, March 25, 2013

नेपाल साप्ताहिक अंक: ५३८, २०६९ चैत्र ११ मा छापेको लेखमा म

लामो टुप्पी, सेतो कुर्ता र धोती, सातपत्रे कुण्डली हातमा लिएर अरूको भाग्य र भविष्य बताउने। बदलामा चामल र केही दक्षिण थाप्ने। पढालिखा र तन्नेरी डिजिटल पुस्ताको प्रवेशसँगै सनातनी ज्योतिष पेसाको पुरानो परचिय फेरिएको छ। र, यो बिस्तारै एउटा उन्नत पेसाका रूपमा  रूपान्तरति हुँदै छ। सहरबजारमा अफिस नै खोलेर ज्योतिष पेसामा लागेका तन्नेरी पुस्ता अरूको भाग्य र भविष्य मात्रै बताइरहेका छैनन्, आफ्नो भाग्य र भविष्यसमेत समृद्ध पाररिहेका छन्।
सुनील शर्मा सिटौला, ३३, धादिङका सुनील शर्मा सिटौलालाई ज्योतिषी बन्छु भन्ने कहिल्यै लागेको थिएन। गाउँबाट पढ्नका लागि काठमाडौँ सहर झरेपछि अनायासै उनको पाइला यतातिर मोडियो। काठमाडौँमा रहेका आफन्तका घरमा बस्दा एक दिन उनको आँखा हस्तरेखा विज्ञानको किताबमाथि पर्‍यो र त्यही किताब पढ्दा पढ्दै उनलाई ज्योतिषी बन्ने रहर जाग्यो। सुरुका दिनमा उनी स्कुले साथीभाइ अनि शिक्षकहरूको हात हेरिदिन्थे र उनीहरूको भाग्य र भविष्यका बारेमा फटाफट बताइदिन्थे। त्यतिबेला कसैले उनलाई स्याबासी दिए त कसैले अविश्वास गर्दै ओठ लेप्य्राए। एसएलसी सकेपछि ज्योतिष विज्ञानप्रतिको सम्मोहनले कोलकातासम्म पुर्‍याइदियो। उनी विश्व ज्योतिष विद्यापीठमा भनर्ा भए र फलित ज्योतिषमा स्नातकोत्तर सके। काठमाडौँ फर्केको केही समयपछि नै उनले ग्लोबल एस्ट्रोलोजिकल रसिर्च सेन्टर खोले र हस्तरेखा विज्ञानसम्बन्धी चक्र ज्योतिष नामक पत्रिका प्रकाशन सुरु गरे।
चल्तीका यी सेलिबि्रटी ज्योतिषीको जीवनमा सनातनी ज्योतिषीजस्तो धोती, कुर्ता, लामो टुप्पीजस्ता विम्ब भेटिँदैन। आधुनिक जीवनका सबै ठस्साहरूसँग परिचित उनीहरू हरदम सफाचट अनुहारमा देखिन्छन्, कोट र सुटमा। यिनीहरू पढेलेखेका छन् र रैथाने ज्योतिष पेसालाई सम्मानजनक बनाउन सफल छन्। डिजिटल दुनियाँमा ज्योतिष पेसालाई आधुनिकीकरण गररिहेका यिनीहरूकहाँ समाजका हाइप्रोफाइल मानिसहरूको समेत बाक्लो आउजाउ छ। रोजीरोटीको विकल्पबाट आज ज्योतिषी विधा पेसामा रूपान्तरण भइसकेको छ।
सुनीलको भनाइमा आधुनिक भएर पनि ज्योतिष पेसा गर्न सकिन्छ र त्यसका लागि आफूलाई पनि ज्ञान र परिधानका हिसाबले आधुनिक देखाउन सक्नुपर्छ। ज्योतिषी हुन लामो टुप्पी पाल्नैपर्ने र धर्म गर्नैपर्छ भन्ने होइन, यो त धर्मभन्दा परको विज्ञान हो। 
पढेलेखेका र ज्योतिष पेसालाई विज्ञानसँग जोडेर हेर्ने शैलीका कारण सुनील केही वर्षमै राजधानीका हाइप्रोफाइल ज्योतिषीको सूचीमा आफ्नो नाम लेखाउन सफल भए। उनको ज्योतिषी यात्रा अनेक सुखद संयोगहरूले भरएिको छ। जस्तो : उनले राजधानीका पाँचतारे होटल याक एन्ड यती र सोल्टी होटलमा रहेको क्यासिनोमा सात वर्षसम्म ज्योतिष पेसाकै जागिर खाए। क्यासिनो छिर्ने अधिकांश विदेशी आफ्नो भाग्य जान्न उनको शरण पर्थे। भन्छन्, "त्यसरी हात देखाउनेहरू अधिकांश विदेशी नै हुन्थे।"
सुनीलचाहिँ ज्योतिष पेसालाई थप प्राज्ञिक र बृहत् बनाउने ध्याउन्नमा छन्। उनी इमेज  नेटवर्क अन्तर्गतका दुई एफएममा प्रत्येक साता आठ कार्यक्रम चलाउँछन्। तिनमा उनी श्रोताले टिपाएको सूचनाका आधारमा उनीहरूको भाग्य र भविष्य बताइदिन्छन्। त्यसो त ६ वर्षअघि नै उनले इमेज टेलिभिजनमै जन्मकुण्डली नामक कार्यक्रम पनि चलाएका थिए। सुनीलले आफूलाई समय अनुसार अपडेट पनि गरेका छन्। सुरुसुरुका वर्षमा जन्ममिति र समयका आधारमा पात्रो पल्टाएर उनी जन्मकुण्डली तयार पार्थे। अहिले उनी ती सबै कामका लागि ल्यापटप र एप्सको भर पर्छन्। भन्छन्, "पात्रो थन्क्याएको नै १० वर्ष बितिसकेछ।"
सनातनी कर्मकाण्डी पुरेत र ज्योतिषीबीचको धेरै अन्तर नमान्ने समाजमा सुनील हिन्दु धर्मग्रन्थदेखि बाइवल र कुरानसम्म पढ्छन्। ज्योतिषी भन्दैमा सनातनी चलन छाड्नै नहुने र कर्मकाण्डी पण्डितजस्तै बन्नुपर्छ भन्ने उनलाई लाग्दैन। बृहत् हस्तरेखा, हस्तरेखा विज्ञान र सुगम ज्योतिष पुस्तक लेखिसकेका उनी भन्छन्, "ज्योतिषीहरूले पनि आफूलाई विज्ञानको प्रगति अनुकूल बनाउनु जरुरी छ।"
सामसुङ्को स्मार्टफोन बोक्ने सुनीलले जन्मकुण्डली हेर्ने एप्स मोबाइलमा पनि राखेका छन्। तुरुन्तै भाग्य र भविष्य जान्न चाहनेलाई मोबाइलबाटै काम फत्ते गरिदिन्छन्। डिजिटल जमानाका ज्योतिषी सुनीलको आफ्नै वेबसाइट पनि छ, जसका दैनिक ५ देखि ६ सय 'भिजिटर' छन्। कम्प्युटरको प्रयोग गरेर नै पहिले दुई दिन लगाएर बनाउनुपर्ने चिना अहिले उनी ३० सेकेन्डमै बनाएर दिन्छन्। कतिले त आफ्नो जन्मकुण्डली डिजिटल नै लिएर पनि जान्छन्।
मैतीदेवीमा ज्योतिष विज्ञान मञ्चको अफिस नै खोलेर बसेका सुनीलकहाँ पहिल्यै समय मिलाएर दैनिक कम्तीमा पनि १० जना आफ्नो भाग्य र भविष्य हेर्न पुग्छन्। कैयन्ले उनलाई विदेशबाटै पछ्याउँछन्। आफ्नो जन्ममिति र समय इमेल गरिदिन्छन् र त्यसैका आधारमा भाग्य र भविष्य थाहा पाउँछन्।