Pages

Sunday, December 29, 2019

पात्रो परिवर्तन गर्ने सजिलो तरीका।

Saturday, July 6, 2019

ज्योतिष ज्ञान - विश्वघस्रपक्षको बारेमा थाहा पाउनुहोस।

Thursday, January 17, 2019

Wednesday, January 9, 2019

आज दिउसो १ बजेर ३१ मिनेट देखी आउदो सोमवार दिउसो १ बजेर ०८ मिनेटसम्म पञ्चक

काठमाडौं, पुष २६। काठमाडौं फाल्गुन ३। सनातन धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ । आज दिउसो  १ बजेर ३१ मिनेट देखी आउदो सोमवार दिउसो १ बजेर ०८ मिनेट सम्म चन्द्रमाको भ्रमण कुम्भ र मिन राशी मन्डलबाट हुँदै छ। यो समय अबधिलाई पञ्चक भनिन्छ।

ज्योतिष शास्त्रमा पञ्चकलाई अशुभ समय मानिएको छ ।पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ ।

पञ्चकमा गर्न नहुने ५ काम

१. पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ ।

२. पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ ।

३. पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।

४. पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने ज्योतिष शास्त्रको भनाइ छ।

५. पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ ।

Saturday, May 12, 2018

ज्योतिर्विज्ञान मन्च २०७५ बैशाख

ज्योतिर्विज्ञान मन्च २०७५ बैशाख

Friday, April 13, 2018

विश्व ज्योतिष महासंघको २३औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं चैत्र ३०। २०५२ सालमा चैत्र २८, २९ र ३० गते नेपालमा सम्पन्न सार्क स्तरीय ज्योतिष सम्मेलनले अन्तर्राष्ट्रिय कार्यक्षेत्र भएको महासंघ गठन गर्ने सैद्धान्तिक सहमति गरेपछि २०५५ साल अर्थात सन १९९८ मा काठमाडाँै सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनले सो सम्मेलनमा सहभागी देशका प्रतिनिधि रहेको २१ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । सो तदर्थ समितिका केही सकृय सदस्यहरुको पहलमा विभिन्न देशमा सम्पन्न सम्मेलनहरुमा छलफल र विचार विर्मश भै विश्व ज्योतिष महासंघको प्रधान कार्यालय नेपालमा राख्ने सहमति भएपछि संस्था दर्ता ऐन २०३४ अनुसार सो महासंघले २०७४ साल वैसाख ७ गते वैधानिकता प्राप्त गरेको थियो । २०५२ मा स्थापना भएको विश्व ज्योतिष महासंघले १२ अप्रिलमा प्रत्येक वर्ष स्थापना दिवस मनाउने निर्णय गरेअनुसार २३औं वार्षिकोत्सव समारोह होटल काजे दरवारमा सम्पन्न गरेको थियो । सो समारोहमा नेपाल, भारत,जापान, कोरिया, अमेरिकाबाट सदस्यहरु भाग लिन आएका थिए । सो समारोहको प्रमुख अतिथिमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, प्रा.डा. रामचन्द्र गौतम, विशेष अतिथिहरुमा प्रा.डा.माधव भट्टराई, प्रा.श्रीकृष्ण अधिकारी, पूर्व राज्यमन्त्री श्रीमती कान्ता भट्टराई रहनुभएको थियो । समारोहमा भारतबाट पाल्नु हुने महासंघका पदाधिकारीमा मा डा. सत्य विस्वास , पं.दिवाकर शर्मा, अशोक कुमार मिश्र, अरुणकुमार श्रीवास्तव रहनुभएको थियो । अन्य देशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुमMrs. Linda Rouse U.S.A,Mr. Gary Smith , U.S.A., Mrs. Yoshiko Japan, Mrs. Ania Rinchen Korea रहनु भएको समारोहलाई सम्वोधन गर्नेहरुमा प्रा.डा.माधव भट्टराई , ज्यो.माधवराज पाण्डे,पूर्वराज्यमन्त्री कान्ता भट्टराई ,डा.सत्य विश्वास,डा.सहदेव विष्ट, प्रा. श्रीकृष्ण अधिकारी र सो समारोहका प्रमुख अतिथिमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष, प्रा.डा. रामचन्द्र गौतम रहनुभएको थियो । समारोहमा स्वागत डा.सुवोध कुमार शुक्ल, धन्यवाद ज्ञापन वास्तुविद् डा. माधव मंगल जोशी र सभापतित्व विश्व ज्योतिष महासंघका अध्यक्ष एवं पञ्चांगकार ज्यो. डा. लोकराज पौडेलले गर्नुभएको समारोहमा १९९६ र १९९८ मा गठन एवं पुनर्गठन भएको तदर्थ समितिका २१ सदस्य मध्ये उपस्थित सदस्यहरुलाई सम्मान गरिएको थियो । दिवंगत तदर्थ समितिका पदाधिकारीहरु, सदस्यहरुको स्मरणमा मौन धारण गरिएको थियो । त्यसैगरी महासंघलाई वैधानिकता दिन विधानमा हस्ताक्षर गर्ने ५जना ज्येष्ठ संस्थापकहरुलाई सम्मान गरिएको थियो । सो सामारोहमा सम्मानित हुनेहरुमा प्रा.डा. माधव भट्राई ,वास्तुविज्ञ अच्युतप्रसाद नेपाल, डा. खिलनाथ वस्ताकोटी, ज्यो. तिलकराज पौडेल,श्रीमती कान्ता भट्टराई,वास्तुविद् माधवमंगल जोशी,पं.सूर्यप्रसाद ढुङ्गेल,डा.देवीप्रसाद खनाल,सन्तोष वशिष्ठ,भुपेन्द्र घिमिरे रहनु भएको थियो । भारतबाट सम्मानितहुनेमाडा. सत्य विस्वास , पं.दिवाकरशर्मा, पं.अशोक कुमार मिश्रले सम्मान पत्र पाप्त गर्न भएको थियो ।
समारोहमा सहभागी ५जना सस्थाका प्रमुख र विदेशी सवै प्रतिनिधिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । सो समारोहमा पोखरामा ज्येष्ठ १२ र१३ गते सम्पन्न हुने चौथो दक्षिण एशियाली ज्योतिष तथा वास्तु सम्मेलन भव्यताकासाथ सफल पार्न सवैको सहयोगको अपेक्ष गरिएको थियो ।

Monday, November 13, 2017

जनशक्ति नेपाल पार्टिको मुल मन्त्र ।

राजनीति विदेसी प्रभाव मुक्त , न्याय क्षेत्र राजनीति मुक्त , प्रसासन भ्रस्टचार मुक्त, नेपाल बिकासको मुल शुत्र। जनशक्ति नेपाल पार्टिको मुल मन्त्र ।

Thursday, October 19, 2017

भाई पूजा गर्ने बिधी

काठमाडौं कार्तिक २। प्रचलित पात्रो अनुसार कार्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितिया तिथी। सनातन धर्ममा कार्तिक शुल्क द्वितीयालाई यम द्वितीया तथा भ्रातृपूजा पनि भन्ने गरिन्छ । यो पर्वलाई हामी नेपालीले ठूलो चाडका रुपमा पनि मान्दै आएका छौं । तर यो दिनमा क–कसको पूजा हुन्छ भनेर हामीमा नै यो चाड मान्नेहरुमध्ये कत्तिलाई थाहा छैन होला। यो चाडका बारेमा ब्रतार्कमा र निर्णयसिन्धुमा अर्थात् धर्मसिन्धुमा पनि यसको महत्वक बारेमा उल्लेख गरिएको पाइन्छ।
यमद्वितीया तु प्रतिपद्युतागेत्युक्तनिर्णया मृतादौ ।
मद्वितीया माध्याह्न व्यापिनी पूर्व विद्धा चेति हेमादिः ।।
ऊर्जे शुक्ल द्वितीयायमपराह्येऽ र्चयेद्यमम् ।।
स्नानकृत्वा भानुजाया यमलोक न पश्यति
ऊर्जे शुक्ल द्वितीयाया पूजितस्तिर्पतो यमः ।
वेष्टितः किन्नरै र्हृष्टैस्तस्मै यच्छतिवाँछित ।।
यसरी कार्तिक शुक्ल द्वितीयालाई वर्णन गरेको पाइन्छ । यसको पनि पूजाविधि यस्तो छ । यो पूजाविधि नछोडेर अष्टदलको रेखी हालेर त्यसका भित्रमा षट्कोणका छ वटै कुनामा पुनः लकिरले बन्द गराई माथि देखाए अनुसार विभिन्न देवताको पूजा गर्नुपर्छ । यो माथि दिएका चित्रमा ८ वटा कुना छन् । यो चित्र चाँदीका, काँशका वा ताबाँका थालमा पीठाको मसी अथवा सप्तरङ्गमध्ये सेतो वा पहेंलो ले बनाउनु र बीचको कुनालाई पूर्व भनिन्छ । जसमा दियो राख्ने त्यो भन्दा माथिकोमा कलश राख्ने दियोभन्दा दक्षिणमा गणेश राख्ने बीचमा यम यमुनाको, विष्णुको, अरु पाँच कुनामा पञ्च वेताल भूतप्रेतको भित्रको त्रिकोणमा ब्रह्मा, विष्णु, रुद्र नौग्रह र अष्टचिरञ्जीविको पूजा गर्नु ।
अष्टचिरञ्जीवि पूजा गर्ने मन्त्रः–
मार्कण्डेयो बलिव्र्यासो हनुमांश्च विभीषणः।
कृपद्रोणौ परशुराम अष्टौ तु चिरजीविनः ।।१।।
मार्कण्डेय महाभाग सत्पकल्पान्तजीवन ।।
चिरञ्जीवी तथा त्व हि भ्रातरम्मे तथा कुरु ।।२।।
त्यसपछि चित्रगुप्तको पनि पूजा गर्नुपर्छ । पहिले यी सबैको पूजा गरिसकेपछि बीचथालीमा ॐयमाय नमः आसनं समर्पयामि, ॐधर्मराजाय नम पाद्यम् 😉 ॐयमलोकय नमः अघ्र्यं 😉 ॐसूर्य पुत्रायनमः आचमनीयं 😉 ॐ नरक राजाय नमः पुनराचमनीयं 😉 ॐ नरकाधिपतेनमः पञ्चामृतं समर्पयामि ॐ शनिभ्रातरेनमः मधु समर्ययामि ॐ नरकपतये नमः फलं 😉 ॐ दिक्पालदेवेभ्यो नमः नारिकेफलं 😉 ॐ यमदूतसहिताय नमः नानाद्रव्य दक्षिणाम् 😉 ॐ मार्तण्डतनये नमः पक्वान्नं पुष्पं 😉 ॐ धर्मराजाधिपतये नमः अक्षतान् 😉 यमदूताय नम जलं 😉 धूपं, दीपं, वस्त्रं 😉 भनेर पहिले यमराजको अनि यमुनाको पनि यसैगरी ॐयमुनायै नमः आसनं पाद्यं भन्दै माथि उल्लेख यमपूजा अनुसारका पदार्थहरुले पूजा गरिसकेर ढोकामा राखेको सिलौटो, लोहोरो र ओखरको पूजा सकेर यमराजलाई फेरि अघ्र्य दिनुपर्दछ।
अघ्र्य दिने मन्त्रःः–तल दिइएको छ । त्यहाँ चढाएको माला र पूmलले दाजुभाइलाई र यमुनालाई चढाएको माला र पूmलले दाजुभाइलाई र यमुनालाई चलाएको पूmले दिदी बहिनीको पूजा गरेर बाँकीको त्यही प्रसादले दाजुभाइलाई पनि टीका लगाउनुपर्छ । मृत्युपश्चात् यमलोकको दर्शन नहोस् भन्नका लागि मात्र यो टीकाको महत्व रहिआएको हुनाले मरेपछि कहाँ पुगिन्छ कहाँ ? भनेर विश्वास नहुनेले र धर्मको वास्ता नहुनेले, यो टीका रमाइलो गर्न मात्र लाउनेहरुले, यो टिको लाउनु र नलाउनुमा कुनै अर्थ छैन ।
स्त्री जातिको चुल्ठो छैन अथवा (दिदीबहिनीको चुल्ठो र दाजुभाइको टुप्पी शिखा छैन भने पनि यो टीको लगाउनु र नलगाउनुमा कुनै प्रयोजन हुँदैन । यो दिनको टीका मध्याह्नमा लगाउनुपर्छ । किनकि स्कन्दमहापुराणमा लेखिएको छ कि दोपहर पछि मात्र यमराजको पूजा गर्नुपर्छ । यदि त्यो दिन सकिन्छ भने यमुनामा गएर नुहाएर आउनाले यमलोकके दर्शन गर्नुपर्दैन । कार्तिक महिनाको शुक्लपक्षको द्वितीयाको टीका भरसक पछिको प्रहरलाई लिनुपर्छ ।
भविष्यपुराणको मतबाट श्रावणमा प्रथमा, भदौमा अपरा, असोजमा तृतीया, कार्तिकमा चतुर्थी र श्रावणमा कलुषा, भदौमा निर्मला, असोजमा प्रेतसञ्चारा, कार्तिकमा काम्यका यीनै त्यसका नाम हुन् । पहिलामा केही प्रायश्चित्त, दोस्रोमा सरस्वति पूजा, तेस्रामा श्राद्ध, चौथोमा यमद्वितीयाको कार्य हुने गर्दछ ।यस दिनमा यम, यमुना, चित्रगुप्त, यमदूतलाई अघ्र्य पनि पूजाका अन्त्यमा दिनुपर्छ
अघ्र्य दिने मन्त्र ः–
एह्येहिमार्तण्डपाश हस्त, यमान्तकालोकधरामरेशः ।।
भ्रातृद्वितीया कृतदेवपूजां, गृहाण पूजा भगवान् नमस्ते ।।१।।
धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज
त्राहि मां किंङ्करैस्साद्र्ध सूर्यपुत्र नमोस्तु ते ।।२।।

Monday, February 29, 2016

पन्चम अन्तरास्ट्रीय ज्योतिष सम्मेलनको आज समापन सत्रमा राजस्थान सरकारको मन्त्री


सरल ज्योतिष बोध पुस्तकको विमोचन

सरल ज्योतिष बोध पुस्तकको विमोचन गर्दै बनारस हिन्दू विश्व विध्यालयको पुर्व सङ्काय अध्यक्ष एवम ज्योतिष विभाग अध्यक्ष प्रा. राम चन्द्र पाण्डे.

Friday, January 1, 2016

ज्योतिर्विज्ञान एवम हस्तरेखा सम्बन्धि पुस्तकहरु

डा. सुनील शर्मा सिटौलाका ज्योतिर्विज्ञान एवम हस्तरेखा सम्बन्धि पुस्तकहरु। खोजी खोजी पढ्नुहोस् ।

"Astro-Science Forum ज्योतिर्विज्ञान मञ्च"


Dr. Suneel. has been publishing the "Astro-Science Forum ज्योतिर्विज्ञान मञ्च" An astrological magazine since 2002.

Tuesday, January 6, 2015

वैदिक सिद्धान्तअनुसारको विवाह साइत

काठमाडौं पौष २२। वैदिकहरुलाइ विवाह– संस्कार कर्म गर्न उत्तरायणका
शुक्लपक्षको पुण्याह (राम्रो तिथि र राम्रो नक्षत्र भएको दिन) भए पुग्छ,
लग्नादिको अरु विचार गर्न पर्दैन । पुण्याह भनेको राम्रो तिथि र राम्रो
नक्षत्र परेको दिन हो भन्ने कुरा शास्त्रहरुको अनुशीलनबाट बुजिञ्छ । इच्छा
हुनेले लग्नको पनि विचार गरेर काम गरे हुञ्छ । गृह्यसूत्रका प्रतिकूल कालको
लग्न भने कथमपि लिन हुँदैन । २०७१ पुस ७ गते परेको शुक्लप्रतिपदाबाट
वेदाङ्गज्योतिषअनुसार नयाँ वर्ष कलिसंवत् ५०८० लागेको छ र यो वर्ष आगामी
२०७२ मङ्सिर २५ गतेको औँसीमा पूरा हुञ्छ । वर्तमान कलिसंवत् ५०८०को
स्वाद्ध्यायशाला कुटुम्बद्वारा प्रकाशित सम्पादक प्रमोदवर्धन
कौण्डिन्न्यायन “वैदिक तिथिपत्रम्” (वैदिक पात्रो) अनुसार एस वर्षका
विवाहमा ग्राह्य पुण्याहको विवरण तल दिइएको छ । वैदिक सिद्धान्तमा
पूर्वाह्णमा (१२ बजेसम्ममा) सँस्कार कर्म गर्नु पर्ने नियम छ । तल जुन
गतेको कोष्ठमा “उग्र” अथवा “त्रूmर” भन्ने उल्लेख गरिएको छ, त्यस दिन
वेदाङ्गज्योतिषमा बताइएअनुसारको उग्र अथवा त्रूmर नक्षत्र परेको हुँदा त्यो
दिनको साइत क्षत्रियका निम्ति मात्र ग्राह्य हो भन्ने बुझ्नुपर्छ ।
विवाहदिन—
उत्तरायण तपोमास अथवा आर्तव माघमास शुक्लपक्षका दिनहरु— २०७१ पुस ९, ११, १६ (उग्र नक्षत्र), १९ गते ।
तपस्यमास शुक्लपक्षका दिनहरु— माघ ८, ११, १२, १३ (उग्र), १६ १७ ।
मधुमास शुक्लपक्षका दिनहरु— फागुन १०, ११, १२ (उग्र), १५, १६ ।
माधवमास शुक्लपक्षका दिनहरु— चइत ८, ९ (उग्र), १२, १३, २१ ।
शुक्रमासका शुक्लपक्षका दिनहरु— २०७२ वैशाख ९, १०, १७, १८, १९ (उग्र), २० (उग्र) ।
शुचिमासका शुक्लपक्षका दिनहरु— जेठ ६, ७, १४, १५, १६ (उग्र), १७ (त्रूmर) ।