नेपालमा कम्युनिष्टको स्थापनाकाल २००६ सालपश्चात् २०५२ सम्म धर्मको नाममा हत्या गर्ने कार्य भएको थिएन । तर माओवादको थालनीसँगै हिन्दुविरोधी कार्यमा निपुण क्रिश्चियनका अगुवाइकर्ता सीपी गजुरेल, मोहन वैद्य, बाबुराम भट्टर्राई, हिसिला यमी, पुष्पकमल दाहाललगायतका समूह नै यस कार्यमा लागिपरेका हुन् । उदाहरणका लागि मशाल तथा जनमोर्चा एकीकृत मार्क्सवाद, लेनीनवादले धर्मविरोधी काम गरेनन् । अहिले आएर खड्गबहादुर वि.क. र हिसिला यमीले क्रिश्चयन मन्त्रीको रूपमा नेपाल सरकारको अगुवाइ गरेका छन् । आजसम्म कुनै पनि राजनीतिक पार्टर्ीी क्रिश्चियनलाई मनोनीत गरेको थिएन । तर आज माओवादीले मात्र २० भन्दा बढी क्रिश्चियन प्रतिनिधि ल्याएर देश क्रिश्चियनलाई सुम्पने प्रयास गरिएको छ । माओवादी युद्ध अवधिमा जानी-नजानी हिन्दु धर्म संस्कृतिमाथि ठूलो प्रहार गरियो । जस्तै सिरहा जिल्ला सोहियाइन गाविस ८ का ५५ वषर्ीय असर्फीलाल यादवलाई २०५९ वैशाख ८ गने महादेवा पोर्ताहा गाविसस्थित मिर्जापुर भन्ने ठाउँमा उग्रसेन चौधरीको घरमा धार्मिकको लागि बसिरहेको अवस्थामा माओवादीले जबर्जस्ती घरदेखि १०० मिटर टाढा लगी गोली हानी हत्या गरे । उदयपुर जिल्ला जोगीदह गाविस- ७ खैजाङ्गपुरमा आफ्नो धर्म संस्कारअनुसार २०५९ जेठमा सुयाँल थापाहरूले 'देवाली पूजा' गर्न लागेको मन्दिरमा माओवादीहरूले 'देवली पूजा गरे सबैको हत्या गरी रगतको खोलो बगाइदिने' धम्की दिने काम गरियो । जसको लागि सुरक्षाको सहयोगमा अर्को ठाउँमा मण्डप राखी पूजा गर्ने स्थिति बन्यो । संखुवासभा जिल्ला खाँदबारी नगरपालिका- १ की ३४ वषर्ीया कैलाशेश्वर मन्दिरकी माता इन्द्रकुमारी श्रेष्ठ र उनका पति ४९ वषर्ीय लालबहादुर श्रेष्ठलाई २०६० असोज २५ गते माओवादीले कुटपिट गरी माताको लट्टासमेत काटेर लगे । उदयपुर जिल्ला भट्टार गाविस- २ मा सुरक्षा कारबाहीमा मारिएका विष्णु कार्कीको हिन्दू परम्पराअनुसार किरिया गर्न लाग्दा २०६० मंसिर ८ गते माओवादीले ढिकुरो भत्काएर काजकिरियासमेत गर्न दिएनन् ।जाजरकोट जिल्ला लह गाविस- ४ खालचौरस्थित प्रत्येक वर्षमनाउँदै आएको जेठपुराण -ब्रहृमादेवता) मान्य धार्मिक पर्वलाई २०६० असार १ गतेदेखि माओवादीले प्रतिबन्द लगाउनुका साथै खगेनकोट गाविस- ५ र रम्दा गाविस- १ ताँतामा मनाउँदै आएको धार्मिक परम्पराअर्न्तर्गत भदौपुराणलाई २०६० भदौ २८ गते माओवादीबाट प्रतिबन्ध लगाइयो । आछाम जिल्ला विनायक गाविसस्थित विनायकमा कालो सिम्लो मुष्ठो देवताको मन्दिरको छानो २०६० जेठ २६ गते माओवादीले भत्काएर मर्ूर्ति तोडफोड गरी मन्दिरमा दिसा-पिसाब गरी अभद्ररूपमा विनाश कार्य गरियो । रामेछाप जिल्ला नागदह गाविस- ४ मा हिन्दू धर्मविपरीत २०५८ असोज ७ गते माओवादीका कार्यकर्ताहरूले गाई काटेर भोज खाए । जाजरकोट जिल्ला मजकोट गाविस- ७ का रत्नबहादुर बस्नेतको घरमा भएको पौराणिक मष्ट देवताको मन्दिर माओवादीले भत्काएर छाडे । आछाम जिल्ला वैद्यनाथ गाविसस्थित विद्याश्रमका ७ जना विद्यार्थीहरूलाई २०५८ असोज ४ गते माओवादीको भ्रातृसंगठन अनेरास्ववियु क्रान्तिकारीले धम्की दिई टुप्पी काट्न लगाई जनै नजिकको बूढीगङ्गा नदीमा बगाउन लगाइयो । त्यसपश्चात् उक्त विद्याश्रम बन्द गर्ने काम गरियो । गोरखा जिल्लाका काठमाडौँ घर भएका ४९ वषर्ीय वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई २०६२ वैशाख २३ गते माओवादीले क्याम्पस निर्माणको लागि सप्ताह यज्ञ गरेको अवस्थामा रूपन्देही जिल्ला दध्राक्ष गाविस- ५ रमापुरमा गोली हानी हत्या गरे । धादिङ जिल्ला मैदी गाविस- ७ स्थित संस्कृत माविका प्रअ भवानीशंकर ज्ञिपाठीलाई २०६२ मंसिर ४ गते माओवादीद्वारा विरोधी शिक्षा पढाएको आरोपमा राजीनामा दिन लगाइयो ।गोरखा जिल्ला मनकामना गाविसको मनकामना मन्दिरमा दर्शनार्थीहरूलाई लाइन मिलाइरहेको अवस्थामा प्रहरी हवल्दार इन्द्रबहादुर रानाभाट र प्रहरी जवान शेषकान्त सुवेदीलाई २०५८ फागुन २७ गते मन्दिरजस्तो पवित्र ठाउँमा माओवादीले गोली हानी घाइते बनाए । रुकुम जिल्ला घेतमा गाविस- ६ का ४८ वषर्ीय टीकाराम उपाध्यायलाई ब्राहृमण भएर पूजापाठ गरेको आरोपमा २०६१ मंसिर २२ मा सत्यनारायणको पूजा गराउनको लागि गरायला गाविस जाँदा माओवादीले छातीमा ब्राहृमणवाद मर्ूदावाद, हिन्दूवाद मर्ूदावाद लेखेको कागजको फुर्के टोपी झुन्ड्याई ४ गाविस घुमाई शारीरिक यातना दिए । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा परम्परागतरूपमा मनाउँदै आएको चार्डपर्व देवीदेवताको मन्दिरमा पूजा अर्चना साथै काज-किरिया गर्ने काम माओवादीका कारण पर्ूण्ारूपमा बन्द गराइयो । दाङ जिल्लाका तारानाथ योगीलाई २०५८ फागुन २० गते बाबुको किरिया गरेको अवस्थामा र पाल्पाको खोकुमार थापालाई २०५९ असार १ गते आमाको किरियामा बसिरहेको अवस्थामा हत्या गरियो । कालिकोट जिल्ला चिलखाना गाविस- ५ मानुवडाका खामा शाहीको २०५८ कार्तिक ११ गते मृत्यु हुँदा धार्मिक परम्पराअनुसार दाह-संस्कार गर्न लाग्दा माओवदीले लास ढाकिएको कपडा च्यात्नुका साथै त्यहाँ भएका मलामीलाई कुटपिट गरी दाह-संस्कार कार्यमा अवरोध खडा गरियो । सिन्धुपाल्चोक र रसुवा जिल्ला माओवादी कमान्डर सिन्धुपाल्चोक गोरे गाविसका भरत थापा र किउल गाविसका मोतबहादुर पण्डितले पाल्चोक- २ मा अवस्थित जयवागेश्वरी माता मन्दिरका पुजारी गोविन्द भारतीलाई पूजा नगर भनी धम्की दिई तीन लाख पचास हजार रूपैयाँको माग गरे । उक्त रकम दिएपश्चात् पुनः अरू रकम माग्ने र ज्यान मार्ने धम्की दिएपश्चात् मन्दिर छोडी जाने बाध्यता बनाइयो । निज भरत थापा र मोतबहादुर पण्डित माओवादीको नाममा डर धम्की दिई संकलन गरिएको करोडौँ रकम लिएर विदेश पलायन भए । नारायण पोख्रेल, गङ्गाराम घिमिरेलगायत विभिन्न हिन्दू नेताको हत्या गरी हिन्दू धर्मलाई परास्त गर्ने काम भएका छन् ।
No comments:
Post a Comment