नेपालको इतिहासमै नोटबाट राजाको तस्वीर हटाउन लागिएको यो पहिलो अवसर होनेपालमा राजाको तस्वीर विनाको नोट चलनचल्तीमा आउन अब धेरै दिन प्रतीक्षा गर्न नपर्ने भएको छ।नेपाल राष्ट्र बैंकले भदौ महिनाको अन्त्यसम्ममा त्यस्तो नोट बजारमा ल्याउन लागेको अधिकारीहरुले जनाएका छन्।
सबैभन्दा पहिले राजाको तस्वीर विनाको पांच सय रूपैंयाको नोट प्रचलनमा ल्याइनेछ।
नयां नोटमा राजा ज्ञानेन्द्रको तस्वीरलाई सर्वोच्च शिखर सगरमाथाले विस्थापित गरेको छ।
त्यस्तै नोटको दायां भागमा रहने राजाकै तस्वीरको पानी छापको सट्टा लालिगुरांसको फूलको प्रयोग गरिएको छ।
नेपाल राष्ट्र बैंकको मूद्रा व्यवस्थापन विभागका प्रमुख मनमोहनकुमार श्रेष्ठले भने, ” यसलाई नयां नेपालको नयां नोट भनेर पनि बुझ्न सकिन्छ।”
नयां डिजाइन
नोटबाट राजाको तस्वीर हटाउने निर्णय सरकारले गरेपछि त्यसमा अब के अथवा कसको चित्र प्रयोग गर्ने भन्ने चुनौतीका साथै निकै परिश्रम पनि परेको, नयां नोटको डिजाइन तयार पारेका कलाकार सुन्दर श्रेष्ठको अनुभव छ।
कलाकार श्रेष्ठले भने, “कहिले बुद्ध राख्ने भनियो, कहिले जनआन्दोलनको फोटो राख्ने पनि कुरा भयो, कहिले शहीदहरूको फोटो राख्ने भन्ने पनि कुरा भयो र पछि गएर सगरमाथा नै राख्ने भनियो।”
तत्कालका लागि राष्ट्र बैंकले पांच सय रूपैंया दरका दुई करोड थान नोट छाप्ने भएको छ।
इन्डोनेशियाको एउटा सेक्युरिटि प्रिन्टरले पचास लाख थान नोट छापेर चांडै नै भारतको कलकत्ता बन्दरगाहसम्म ल्याइदिने भएको छ।
त्यसको तीन हप्ता भित्रै नयां नोटहरू नेपाली जनताका हातमा पुग्ने अनुमान अधिकारीहरूले गरेका छन्।
हजार रूपैंया दरका नोटको डिजाइन सरकारबाट अनुमोदन भै नसकेकाले त्यसको छपाइमा केही ढीलाइ भएको बताइएको छ।
नयां नोट बजारमा आएपछि सन् १९४५ देखि राजाको तस्वीर सहितको नोट छापिने चलनको अन्त्य हुनेछ।
सन् १९४५ मा राजा त्रिभुवनको तस्वीरसहितको नोट प्रकाशन आएपछि नेपालमा कागजी मुद्राको प्रचलन शुरु भएको हो।
तत्कालीन सदरमुलुकीखानाले प्रकाशन गर्दै आएको नोट छाप्ने जिम्मेवारी सन् १९५६ मा नेपाल राष्ट्र बैंकले लिएको थियो।
राष्ट्र बैंकले अब देखि छापिने पांच रूपैंयादेखि माथिको दरका सबै नोटहरूमा सगरमाथाको तस्वीर र लालिगुरांस फूलको पानी छाप नै प्रयोग गर्नेछ।
हाल चलनचल्तीमा रहेका एक र दुई रुपैंया दरका नोटहरूको भने नयां छपाई हुने छैन।
तिनको बदलामा प्रचलनमा ल्याइने सिक्काहरूबाट पनि राजाको नाउं हटाइने भएको छ।
यही भदौ महिना भित्र नै चलनचल्तीमा आइसक्ने दुई रुपैंयाको सिक्कामा राजाको नाउं रहीआएको भागमा सगरमाथाको चित्र र अर्को पाटोमा हलो जोतिरहेको किसानको चित्र हुनेछ।
केही समयपछि प्रचलनमा ल्याइने एक रुपैंयाको सिक्काको पृष्ठ भागमा पनि सगरमाथा नै रहनेछ भने अग्रभागमा नेपालको नक्शा रहने छ।
नेपाल राष्ट्र बैंकले नयां प्रचलनमा आउने नोट र सिक्काका बारेमा सर्वसाधारणलाई जानकारी दिन चांडै नै प्रचार प्रसार पनि गर्न लागेको अधिकारीहरुले बताएका छन्।

No comments:
Post a Comment