Pages

Saturday, October 25, 2008

ग्रहको खेल या मायाको झेल


भियतनाममा जन्मिएको भियतनामी मूलकी आमा र भारतीय मूलका बाबुको छोरो, एक कुख्यात अपराधी चार्ल्स शोभराज संसारमै तहल्का मच्चाएर करिब ४ वर्षअगाडि नेपालमा पक्राउ परी हाल सदर खोरमा बन्दी जीवन बिताइरहेका छन् । उनी हाल ६४ वर्षा भए । भारतीय मूलका बाबु र नेपाली मूलकी आमाबाट जन्मिएकी निहिता विश्वास, सेन्टमेरिज स्कुलबाट १२ कक्षा उर्तीण गरेकी एक युवती, उनी हाल २० वर्षी छिन् ।
यी दइको विवाह बन्धनको खबरले दशैं ताका नेपाल र भारतका सञ्चारमाध्यमहरूमा विशेष स्थान प्राप्त गरे । यो ४४ वर्षो अन्तरालको अनमेल विवाह 'ग्रहको खेल हो या मायाको झेल' ज्योतिषीय विश्लेषण हेरौँ चार्ल्स सोभराजको जन्म 6 April 1944 बेलुका १० बजे भियतनामको साइगोन भन्ने ठाउँमा कन्या राशी वृश्चिक लग्नम भएको थियो । जन्मकुण्डलीमा यस प्रकार छ ।
कुण्डलीमा रहेको शनी मंगलको योग नै शोभराजको लागि अपराधी बन्ने मुख्य कारक तत्व बन्यो । ज्योतिर्विज्ञानमा शनि मङ्गलको योग अुशभ मानिन्छ । चन्द्रमा राहुको भुक्तिमा हुनु पनि उनलाई कुख्यात अपराधी बनाउनमा सहयोग सिद्ध भयो ।
जन्म कण्डलीमा सप्तमेश शुक्र उच्च हुनु नै उनको लागी स्त्रीजातिलाई मोहजालमा फसाउने हतियार बन्यो । तर शुक्र पनि राहुको भुक्तिमा हुनाले स्त्रीजातिलाई मोहजालमा फसाउन हत्या गर्न उत्प्ररेक रहृयो । किनकि ज्योतिष शास्त्रमा राहुलाई अपराधको मुख्य कारक मानिन्छ । उनको मन -चन्द्रमा स्त्री -शुक्र राहु अपराध को बेजोड संगम नै सबै चर्तिकलाको प्रमुख कारक देखिन्छ । यसरी ग्रह नक्षत्रले हरेक व्यक्तिलाई उसको जीवनमा प्रभाव पारिरहेको हुन्छ ।
19 september, 2003 को रात्री उनी काठमाडौँको होटेल याक एण्ड यति स्थित रोयल क्यासिनोबाट गिरफ्तार भए । उनी क्यासिनोको जुवा खेल व्ययाकराको शौखिन थिए । किनकि उनी क्यासिनो रोयलको V.I.P. कक्ष नजिकैको व्याकरा टेबुलबाट समातिएका थिए । उक्त समयमा उनी माथि शनीदेवको बक्र दृष्टि परिरहेको देखिन्छ । किनकि त्यस समय उनी शनि महादशाभित्र बुध अर्न्तदर्शाबाट गुज्रिरहेको थिए र कण्टक शनि पनि चलिरहेको थियो ।
शनि र बुध दुबै उनको लागि अकारक ग्रह हुन् ।
2007 june देखि चलेको शुक्रको अर्न्तदशाले उनलाई प्रेम प्रसङ्ग एवं वैवाहिक योग बनायो । ज्योतिष शास्त्र अनुसार शुक्र सप्तम भाव -विवाह)को स्वामी बनेर पञ्चम -प्रेम)को भावमा अवस्थित छ । अब यो विवाहको भविष्य कस्तो छ त -
पाँचौ सताब्दिका विख्यात ज्योर्तिविद वराहमिहीरले विवाहको समय अनुसार फल बताउने विवाह पटल नामक ग्रन्थ लेखेका छन् । जस अनुसार यस विवाह कुण्डलीको ग्रहगत अवस्था हेरौँ ः-
पत्रपत्रिकाले जनाए अनुसार चार्ल्स सोभराज र निहिता विश्वासको विवाह २०६५ साल असोज २३ गते बुधबार दिउँसो २ बजे भएको थियो उक्त समयमा काठमाडौँको पर्ूर्वीय क्षितिजमा मकर लग्नका मेष नवमांश उदाइरहेको थियो । लग्न र नवांश दुबै चर राशीमा बसेको हुनाले यस विवाहले कुनै निरन्तरता नपाउने प्रष्ट देखिन्छ । साथै लग्नमा राहु चन्द्रमाको योगले मानसिक रूपमा बढिनै पीडा दिने पनि देखिन्छ ।

No comments: