Pages

Tuesday, September 1, 2009

कागबाट हुने केही शकुन-अपशकुन लक्षणहरू

संसारको प्रायः सबैतिर भेटिने चराहरूमध्ये काग पनि एक हो । झट्ट हर्ेदा त्यति आकर्ष नहुने, फोहोरहरू खाने, आवाजमा पनि मिठास नहुने, धर्ूत र छुच्चो भएकोलेप्रायः यो चरालाई कसैले मन पराउँदैनन् । काग धेरै कसिमको भए तापनि सामान्यतया यसलाई चारथरिमा विभाजन गरिन्छ-
-१) सबैतिर कालो, भएको ठूलो,
-२)
सबैतिर कालो भएको सानो,
-३) घाँटीमा मात्र सेतो अन्यत्र कालो भएको सानो र
४) सबैतिर सेतो भएको ।
माथिका तीनथरि काग प्रायः सबैतिर पाइन्छन् भने सबैतिर सेतो भएको काग दर्ुलभ मानिन्छ । यस्तो सेतो काग २०५९ सालमा काठमाडौँमा देखापरेको थियो ।सेतो काग देखिएपछि देशमा ठूलो घटना घट्छ भन्ने भनाइ पनि पाइन्छ । कागहरू औसतमा ९ देखि १५इन्चसम्मका लामा हुन्छन् । काग चलाख पंक्षी भएकोले परापर्ूवकालमा एक ऋषिले अमृतको स्रोत खोज्न एक कागजलाइ अह्राएका थिए । कागले पनि धेरै प्रयासपछि अमृतको स्रोत पत्ता लगाएछ । काग चलाख र धर्ूत भएकोले पहिले आफूले चाखेछ । सो कुरा ऋषिले थाहा पाएर, विश्वासघात गरेकाले ऋषिले कागजलाई चारवटा श्राप दिएछन् । जस्तै- दर्ुघटनाबाट मात्र मृत्यु होस्,
२) सधैँ फोहोरहरू मात्र खान परोस्,
३) कसैले मन नपराओस् र
४) कसैले विश्वास नगरोस् भनी घाँटीमा समातेर र कालो रङमा चोपलेछन्
। त्यसै बेलादेखि कागको रङ कालो हुने गरेको हो भन्ने भनाइ पाइन्छ ।
र, उसको बानी, व्यहोराहरू पनि त्यस्तै नै पाइन्छ । अर्को कुरा कागजलाई श्राप परेकाले दर्ुघटनामा मात्र उसको मृत्यु हुन्छ, त्यतिञ्जेल ऊ बाँचिरहन्छ, त्यसैले
काग अमर प्रायः हो र कागको निश्चित हुँदैन । त्यस्तै अर्को रोचक कुराहरू अरू प्राणीका दर्ुइवटा आँखामा दर्ुइवटा नै नानी हुन्छन् । तर, कागको दर्ुइ आँखामा एउटा मात्र नानी हुन्छ । त्यसैलाई पालैपालो दुवैतिर सार्ने गर्दछ । त्यसैले कागले एउटा आँखाले मात्र देख्दछ ।
कागबाट हुने केही शकुन-अपशकुन लक्षणहरू
१) यदि विवाहित केटाको शिरमा वा टोपीमा कागको बिष्टा परेमा उसलाई सन्तान प्राप्त हुनेछ । बिहानको समयमा बिष्टा परेमा सुन्दर सन्तान प्राप्त हुनेछ भने केटीको कपडामा बिष्टा परेमा निकट भविष्यमा पुत्र प्राप्त हुनेछ । सन्ध्याकालमा बिष्टा परेमा कुरूप सन्तान जन्मन्छ, जुनेली रातमा बिष्टा परेमा सुन्दर
शुभलक्षणकी पुत्री प्राप्त हुनेछिन् भने अन्धकार रातमा कागको बिष्टा शरीरमा परेमा कुलक्षण सन्तान प्राप्त हुनेछन् ।
२) आइतबारको दिनमा कुनै काग कुवा, नदी, पोखरी छेउमा मरेको पाइएमा त्यस वर्षवषर्ा कम हुन्छ,
भोकमरी आउँछ -अनिकाल) सामानहरूको मूल्य बढ्छ । गर्मी ज्यादै बढ्छ, रोग दुःख आउँछ ।
३) बिहानीपख घरको अगाडि कुनै काग कराएमा कुनै घटनाको खबर प्राप्त हुने भनिन्छ ।
४) सपनामा कागले दही खाएको देखिएमा कार्य सफल हुने संकेत मानिन्छ ।
५) सपनामा कागले दूध खाएको देखेमा सन्तान प्राप्त हुने वा विवाह चाँडै हुने संकेत मानिन्छ । त्यस्तै
कुनै अन्धाले सपनामा काग उडेको देखेमा वा संकेत पाएमा उसको अन्धोपन कम हुन्छ र आँखा देख्न थाल्दछ ।
६) यदि कुनै मानिसले बिहानै आफ्नो घरको छानामा वा कौसीमा कुनै काम मरेको देखेमा, पुरुष भए उसको स्त्रीको मृत्यु हुने र स्त्रीले देखेमा उसको श्रीमान्को मृत्य हुनेछ । त्यस्तो अवस्थामा जसले देखेको छ, यसले कसैसँग नबोली नभनी कुनै एकान्त स्थानमा लगी कागलाई गाड्नु पर्दछ र कसैलाई केही नहोस् भनर्ीर् इश्वरलाई पर््रार्थना गर्नुपर्दछ र घरमा शान्तिस्वस्ती गर्नुपर्दछ ।

No comments: