वि. सं. २०६९ फाल्गुन महिनामा नेपाली सरकारी पात्रोमा विवाहको मुहुर्त लेखिएको छैन। नेपाल सरकारको पात्रो अनुसार माघ महिनाको २५ गते बिहीवार सम्म मात्र शुभविवाह मुहुर्त छ । यसरी विवाहको मुहुर्त अरु नभएको हुनाले हामीले हाम्रा प्रबुद्ध पाठकवर्गको हितको लागि धर्मशास्त्र एवं तत्वदर्शीहरूले विवाहको बारेमा के-कस्तो विधिविधान तयार गरेका छन् त भन्ने बारेमा खोजनीति गर्दा वैदिक तिथिपत्रम ( वैदिक पात्रो) २०६९ सालको फाल्गुन चैत्र महिनामा पनि विवाह विशेष शुभ हुनेबारेमा व्याख्या गरेका भेटियो । सोहीलाई आधार मानेर हाम्रा प्रबुद्ध पाठकवर्गको हितको लागि फाल्गुन चैत्र महिनामा पर्ने शुभ विवाहको बारेमा जानकारी गराउँदैछौँ:-
फाल्गुन २०६९ साल :-
शुक्रवार फाल्गुन ४ गते
बुधवार फाल्गुन ९ गते
बुधवार फाल्गुन ३० गते
चैत्र २०६९ साल :-
गुरुबार चैत्र १ गते
सोमबार चैत्र ५ गते
यी दिइएका शुभमुहुर्तहरूमा आफ्नो जन्मराशिबाट चन्द्रमा ४, ८, १२ औँ भावमा पर्नु हुँदैन, साथ साथै अष्टक वर्ग शुद्धि एवं तारा नक्षेत्रबल शुद्धि गराएर मात्रै विवाह गर्नुपर्ने हुन्छ ।
फाल्गुन २०६९ साल :-
शुक्रवार फाल्गुन ४ गते
बुधवार फाल्गुन ९ गते
बुधवार फाल्गुन ३० गते
चैत्र २०६९ साल :-
गुरुबार चैत्र १ गते
सोमबार चैत्र ५ गते
यी दिइएका शुभमुहुर्तहरूमा आफ्नो जन्मराशिबाट चन्द्रमा ४, ८, १२ औँ भावमा पर्नु हुँदैन, साथ साथै अष्टक वर्ग शुद्धि एवं तारा नक्षेत्रबल शुद्धि गराएर मात्रै विवाह गर्नुपर्ने हुन्छ ।
No comments:
Post a Comment