Pages

Showing posts with label आजको राशिफल. Show all posts
Showing posts with label आजको राशिफल. Show all posts

Sunday, December 30, 2012

आजको राशिफल

आज विक्रमसंवत् २०६९ साल पुस १५ गते रविबार अंग्रेजी पात्रो अनुसार ईश्वीसन् २०१२ दिसम्बर ३०.
मेष राशी :- आफन्तबाट सहयोग पाइनेछ । वस्त्रलाभ एवं उपहार प्राप्ती होला, सुनचाँदीको किनमेल पनि होला ।
वृष राशी :ठूलावडासँग मन मुटाव बढ्नेछ । आफन्तसँग कलह एवं शरीरमा पिडा हुनेछ । मनमा अशान्ति एवं गुप्तचिन्ताले सताउने छ ।
मिथुन राशी :दुःखद समय छ । रोग व्याधिले पिरोल्ला । दण्ड जरिवाना पर्ला । साथिभाईले धोका दिनेछन् ।

कर्कट राशी : प्रतिकुल समय छ । गरेका काममा शत्रु लाग्नेछन् । आफन्तबाट धोका हुनेछ । चोरी हराउने हुन सक्छ ।
सिंह राशी :- गरेका कामहरुमा बाधा अड्चन आउनेछ । शत्रुबाट दुःख उठाउनु पर्ला । ससुरालीसँग सम्बन्ध व्रि्रनेछ

कन्या राशी :- वैदेशिक कारोबारबाट लाभ हुनेछ । लामो यात्रा फलदायी रहनेछ । राजनीतिमा पद प्रतिष्ठा बढ्नेछ ।
तुला राशी :-  राज्यबाट सहयोग मिल्नेछ । स्त्री एवं पुत्र सुख मिल्नेछ । सतकर्ीर्ति फैलनेछ ।
वृश्चिक राशी:- रोग व्याधिले सताउला, मनमा डर चिन्ता रहिरहने छ । गरेका कामहरु व्रि्रनेछन् । धननाश हुनेछ ।
धनु राशी :-   मनमा उच्च विचार आउने छ । गरेका कामहरु बन्नेछ । वाहन, बस्त्र भूषण, प्राप्त हुनेछ ।
मकर राशी:- मनमा दृढता तथा बल बुद्धिमा बृद्धि हुनेछ । परिवारमा सुख शान्ति बढ्नेछ । दाजुभाईबाट सहयोग पाइनेछ ।
कुंभ राशी-: आफन्तबाट सहयोग पाइनेछ । वस्त्रलाभ एवं उपहार प्राप्ती होला, सुनचाँदीको किनमेल पनि होला ।
मीन राशी :- धन धान्य शुभफल प्राप्ती एवं सम्पत्तिलाभ हुनेछ । सबैबाट सहयोग र प्रेम प्राप्ती हुनेछ ।
******* आजको राशिफल चन्द्रमाको गतिको आधारमा तयार पारिएको हो । चन्द्रमालाई एउटा राशि पार गर्न लगभग सवा दुई दिनको समय लाग्दछ । वैदिक दर्शनमा चन्द्रमा मनको संवाहक मानिएको छ । यसर्थ राशिफलले व्यक्तिको सम्पूर्ण दैनिकीमा नभई उसको मानसिकतामा मात्र प्रभाव पार्दछ ।