Pages

Showing posts with label नेपाल शेयरबजार. Show all posts
Showing posts with label नेपाल शेयरबजार. Show all posts

Monday, April 11, 2011

शेयरबजार बढ्न जाने

नेपालमा शेयरबजार लगातार ओरालो लागिरहेको बेलामा लगानीकर्ताहरुमा अन्योलको वातावरण बनिरहेको छ । लगानीकर्ताहरु हतास मनस्थितिमा रहिरहेका बेलामा ज्योतिर्विज्ञान अनुसार के देखिन्छ - विचार गरौं ।
 अब शेयरबजारको ग्रह स्थिति हर्ेदा शेयरबजार बढ्न जाने देखिन्छ । शेयर बजार कारोबारको शुरुको कुण्डली हर्ेदा बृष लग्नमा कारोबार शुरु भएको थियो । कुण्डलीमा बिष योग र सन्यासी योगपनि परेको हुनाले कारोबार अनिश्चित बन्न गएको रहेछ । जुन समय कारोबार शुरु भएको थियो, त्यस समयदेखि २०६५ असोजसम्म राहुको महादशाले लगानी कर्तालाई साहु बनाएको देखिन्छ । तत् पश्चात अकारक बृहस्पति ग्रह चलेको हुनाले शेयरबजार ओरालो लागेको हो । अब 12 May 2011 देखि बृहस्पति भित्र शनिको अन्तर चल्नेछ, यो शेयर बजारकोलागि सुखद रहनेछ । अर्थात शेयरबजार बढ्न जानेछ । लगानीकर्ताहरु आकर्शित हुनेछन् र लगानीको उचित प्रतिफलपनि पाउँनेछन् । लगानीकर्ताहरुले बुधबार र सोमबार किन्नु, बिहृीबार र मङ्गलबार बेच्नु, दुबैपक्षलाई फाइदा हुने कुण्डलीबाट देखिन्छ ।