Pages

Showing posts with label मिथुन राशी. Show all posts
Showing posts with label मिथुन राशी. Show all posts

Tuesday, December 14, 2010

ज्योतिर्विज्ञान अनुसार उल्का वर्षा

आज बेलुका नेपाली आकासमा उल्का वर्षा हुने भएको छ । सामन्यतया महिनामा एकपटक मात्र उल्का वर्षा हुने गरेको विज्ञहरुले बताएका छन् ।
आज नेपाली आकासमा हुने उल्का वर्षा प्रष्ट रुपमा देख्न सकिने छ । बेलुका ५ बजेबाट सुरु हुने वर्षा सूर्यको उज्यालो बाँकी रहने कारणले सूर्यास्तपछि मात्र प्रष्ट देखिने भएको हो । उल्का वर्षा अवलोकनका लागि बेलुकी ८ बजेको समय उत्तम रहेको छ।  काठमाडौंको प्रकाश प्रदूषणका कारण  उपत्यका र अन्य सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रबाट अझ प्रष्ट रुपमा उल्का वर्षा हेर्न सकिने छ । उल्का बर्षाको स्रोत जेमिनी तारामण्डल मिथुन राशी जस्तो देखिने भएकाले यसलाई जेमिनिड मिटियर सवार नाम दिइएको छ ।
ज्योतिर्विज्ञान अनुसार उल्का वर्षा उत्तरभद्रपदा नक्षत्र मा भयको हुनाले राजालाई (सरकार) पिडा दिने छ । त्यसकारण वर्तमान सरकार परिवर्तन हुने लक्षण देखिन्छ । त्यसकारण वर्तमान सरकार एक महिना भित्रमा परिवर्तन हुने लक्षण देखिन्छ ।
विज्ञहरुका अनुसार भौगोलिक विविधताका कारण नेपालको पूर्वी क्षेत्रमा बेलुका ८ बजे राम्रोसँग देख्न सकिने उल्का वर्षा सुदूरपश्चिम क्षेत्रमा भने साढे ८ मा मात्र प्रष्ट हेर्न सकिने छ । आजदेखि सुरु हुने उल्का वर्षा पुस २ गतेसम्म हेर्न सकिने विज्ञहरुको भनाइ छ । उल्का वर्षा भएका बेला कुनै कुरा माग गरेमा त्यो पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।