Pages

Showing posts with label २०१२ डिसेम्बर २१ तारिख. Show all posts
Showing posts with label २०१२ डिसेम्बर २१ तारिख. Show all posts

Friday, December 21, 2012

नेपाली दैनिक राशिफल २०६९ साल पौष ६ गते शुक्रबार,

आज मिती २०६९ साल पौष ६ गते शुक्रबार, पाङ्गा वैश्णवी देवी यात्रा, नवमी, तदअनुसार सन् २०१२ डिसेम्बर २१ तारिख।
मेष राशी :- समय राम्रो छैन । सोच्दै नसोचेको दुःख कष्ट, झण्झट आउनेछ । चोटपटकको पनि योग छ । अशुभ समाचार सुन्नु पर्ला ।

वृष राशी :  दिन राम्रो छ । धन हाता पर्नेछ । चिताएको काम बन्नेछ ।
मिथुन राशी :  ठूलाबडाको साथ मिल्नेछ । गुमेको धन, पद प्रतिष्ठा प्राप्त हुनेछ । नयाँ काममा सफलता मिल्नेछ ।

कर्कट राशी : गरेका कामहरुमा बाधा अड्चन आउनेछ । शत्रुबाट दुःख उठाउनु पर्ला । ससुरालीसँग सम्बन्ध व्रि्रनेछ ।
सिंह राशी :- राजनीतिमा पद प्रतिष्ठा बढ्नेछ । अप्ठ्यारो काममा सफलता मिल्नेछ । ठूलावडाको साथ पाईनेछ ।

कन्या राशी :- पारिवारिक झमेलाले पनि दुःखी बनाउला । धनसम्पत्ति चोरी हुने या हराउने योग बन्दछ । लामो यात्रामा नजानु नै वेश ।
तुला राशी :- प्रेम प्रसंगमा मन मुटाव बढ्न सक्छ । श्रीमान् श्रीमतीमा वादविवाद बढ्नेछ ।
वृश्चिक राशी:- दिन राम्रो छ । विपरितलिङ्गीसंगको हास खेलमा दिन वित्ला । धन, वस्त्र, उपहार प्राप्ति पनी होला ।

धनु राशी :- मनमा डर चिन्ता भयको बाताबरण बन्ने छ । पितृसुखमा न्यूनता रहला । यात्रा असफल हुनेछ ।
मकर राशी:-  मनमा सद्विचार आउनेछ । यात्रासम्बन्धि योजनामा सफलता मिल्नेछ । पितृसुखमा वृद्धि हुनेछ ।
कुंभ राशी: धन लाभ हुनेछ, राम्रो सपना पाईनेछ । सवारी साधनको सुखपनी मिल्नेछ । मान सम्मान पद प्रतिष्ठान बढ्नेछ ।

मीन राशी :-आज सफलतको दिन छ । गरेका कामबाट लाभ हुनेछ । मनमा प्रसन्नता छाउनेछ ।  सरकारी काममा गती बढ्नेछ ।