वास्तु शास्त्र त्यो विज्ञान हो जसका माध्यमले ब्रह्मांडका विभिन्न ऊर्जा- जस्तै घर्षण,विद्युत चुम्बकीय शक्ति र अलौकिक ऊर्जाको साम्य विन्दुका साथमा मनुष्य जुन वातावरणमा रहन्छ,त्यसको बनावट र निर्माणको अध्ययन गर्ने शास्त्र वास्तु शास्त्र हो ।
वास्तु शास्त्रमा दिशा र देवता :-
उत्तर पूर्व - यो दिशा भगवान शिव द्वारा संचालित हुन्छ।
पूर्व - यस दिशामा भगवान सूर्यको निवास हुन्छ।
दक्षिण पूर्व - यस दिशामा अग्निको निवास हुन्छ।
दक्षिण - यस दिशामा यमको निवास हुन्छ।
दक्षिण पश्चिम - यस दिशामा पूर्वजहरुको निवास हुन्छ।
पश्चिम - यस दिशामा वायु देवताको निवास हुन्छ।
उत्तर - यस दिशामा धनका अधिष्ठाताको निवास हुन्छ।
केन्द्र - ब्रह्मको निवास केन्द्रमा हुन्छ।
वास्तु शास्त्रमा योग :-
वास्तुशास्त्र योगको सिद्धांत सँग निकै मिल्दो-जुल्दो छ। जसरी कुनै योगीको शरीरबाट प्राण (ऊर्जा) मुक्त रूपले प्रवाहित हुन्छ त्यसैगरि वास्तु गृह पनि यस प्रकारले बनाइए को हुनु पर्छ जसमा ऊर्जाको मुक्त प्रवाह हुन सकोस् । वास्तु शास्त्रानुसार एक आदर्श ढाँचा त्यो हुन्छ जुन ढाँचा ऊर्जा प्रवाहमा गतिशील साम्यको प्रतीक हुन सकोस्। यदि उर्जा साम्य भएन भने जीवनमा पनि उचित तालमेल हुन सक्दैन। वास्तुशास्त्रको सिँहावलोकनले यहि कुरालाई दर्शाउँछ कि प्रत्येक भवन चाहे त्यो घर होस्, गोदाम होस्, फैक्ट्री होस् अथवा कार्यालय होस्, त्यहाँ अविवेकपूर्ण विस्तार तथा फेरबदल आदि हुनुहुदैन।
वास्तु दोष निवारणका लागि उपायहरु
१. पानी पिउदा आफ्नो मुख उत्तर-पूर्व तर्फ गर्ने|
२. भोजनको थाल दक्षिण-पूर्व तर्फ राखेर पूर्वाभिमुख भई भोजन गर्ने|
३. सुत्दा खेरि दक्षिण-पश्चिम कोणमा दक्षिण तर्फ सिराने गरेर सुत्ने|
४. पूजा गर्दा आफ्नो मुख उत्तर वा पूर्व तर्फ गरेर गर्ने|
५. सम्यक उन्नति हेतु लक्ष्मी, गणेश, कुबेर, स्वस्तिक, ॐ, मीन आदि माँगलिक चिन्ह मुख्य द्वार माथि स्थापित गर्ने|
६. दक्षिण -पश्चिम दिशामा अधिक द्वार र झ्यालहरु भए बन्दगर्ने वा सँख्या कम गर्ने|
७. भान्सा घर गलत स्थानमा भए अग्निकोणमा एउटा बल्ब लगाउने र त्यसलाई बिहान बेलुकी अवश्य जलाउने|
No comments:
Post a Comment