Pages

Showing posts with label भगवान श्रीकृष्ण. Show all posts
Showing posts with label भगवान श्रीकृष्ण. Show all posts

Sunday, January 13, 2013

भोली निरायण गणना अनुसार मकर सक्रान्ति

भोली निरायण गणना अनुसार बिहान 7.14 बजे काठमाडौंको आकाशमा सुर्य धनु राशी बाट मकर राशिमा प्रवेश हुन्छ । यसरी  सूर्य 'धनु राशी'बाट 'मकर राशी'मा प्रवेश गर्ने भएकाले 'मकर सक्रान्ति' अर्थात् 'माघे सक्रान्ति' हुन् गएको हो |  भारत तथा नेपालमा सम्पूर्ण हिन्दुहरुले धुम धामले मनाउने मकर सक्रान्ति, दक्षिण भारतको केरलामा पनि  धुमधामले मनाउछन कतिले नदिमा र खोलामा गएर एक छाक नखाई पुजा आजा गर्छन, कोइ तिल गुडको परिकार बनाइ आफन्तमा दिने खाने गर्छन । भारतको गुजरातमा निकै रमाइलो गरेर यो दिन सारा परिवार छतमा सामुहिक भोजन गर्छन पतंग (चंगा) उडाएर तिल गुडको लड्डु खाने चलन छ । सिंधि समाजमा छोरी चेलीको तिहार मनिन्छ, कन्या हरुलाई दान दिने चलन छ र तिलको लड्डु खुवाउने चलन छ भने कायस्थमा बिहानै पानिमा तिल राखेर स्नान र तिलको आगोमा जिउ हात सेक्ने चलन छ साथै पन्जाबीहरुले पनि धुम धामले बिहानै छोरी चेलीलाइ टिका लगाएर दक्षिणा दिई उनिहरुबाट आशिश लिने चलन छ, यिनीहरु तिलको तेल अनि दाउरा बालेर ठुलो धुनि बाल्ने र त्यलाई परिक्रमा गर्ने चलन छ ।
पश्चीम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मूलतः थारू समुदायको महान् पर्वका रूपमा रहेको माघी पर्व (माघे सङ्क्रान्ति) लाई तराई, पहाड तथा काठमाडौं उपत्यकामा पनि आ-आफ्नै हिसाबले मनाईने चलन छ । उनीहरुले आजको दिनलाइ माघि अर्थात माया गर्ने दिनको रुपमा आफन्तहरु जम्मा भई उल्लासपूर्ण रुपमा मनाउने गर्दछन् । काठमाडौं उपत्यकामा नेवार समुदायले घ्यू, चाकु खाएर यो पर्व मनाउँछन् भने त्यसलाई अन्य समुदायले पनि सहज रूपमा ग्रहण गर्दै घ्यू, चाकु, तरुल खाएर मनाउने गर्दछन् ।  यो पर्वमा देवघाट, बराह क्षेत्र, रिडीलगायतका ठाउँमा धार्मिक मेला लाग्ने गर्दछ ।
निरायण ज्योतिशीहरुको  मान्यता अनुसार यस दिनमा सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्छन् । तर सायन ज्योतिशमा पौष ७ गते सुर्य  मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्छन् ।
यसैवीच सरकारले माघे सक्रान्तिलाई सार्वजनिक विदाको रुपमा मान्यता दिएको छ । मकर संक्रांति अर्थात् माघेसक्रान्तिको दिनमा पबित्र गङ्गा नदिको यो धर्तिमा अवतरण भएको थियो । महाभारतमा पितामह भीष्मले सुर्येको  उत्तरायण हुदानै स्वेच्छासंग शरीरको परित्याग गरेकोकथा उल्लेख छ । कारण यो हो कि उत्तरायणमा देह छोड्ने आत्माले या त देब लोकमा जन्म पाउछ या त पुनर्जन्मको चक्र देखि छुटकारा मिल्छ भन्ने भनाइ छ । दक्षिणायनमा देह छोडेकाले धेरै वर्षसम्म आत्मालाइ अन्धेरोको सामना गर्नु पर्छ भन्ने भनाइ शास्त्रमा उल्लेख छ  । भगवान श्रीकृष्णले पनि उत्तरायणको महत्व बारे पबित्र गितामा भनेका छन् ।