भोली निरायण गणना अनुसार बिहान 7.14 बजे काठमाडौंको आकाशमा सुर्य धनु राशी बाट मकर राशिमा प्रवेश हुन्छ । यसरी सूर्य 'धनु राशी'बाट 'मकर राशी'मा प्रवेश गर्ने भएकाले 'मकर सक्रान्ति' अर्थात् 'माघे सक्रान्ति' हुन् गएको हो | भारत तथा नेपालमा सम्पूर्ण हिन्दुहरुले धुम धामले मनाउने मकर सक्रान्ति, दक्षिण भारतको केरलामा पनि धुमधामले मनाउछन कतिले नदिमा र खोलामा गएर एक छाक नखाई पुजा आजा गर्छन, कोइ तिल गुडको परिकार बनाइ आफन्तमा दिने खाने गर्छन । भारतको गुजरातमा निकै रमाइलो गरेर यो दिन सारा परिवार छतमा सामुहिक भोजन गर्छन पतंग (चंगा) उडाएर तिल गुडको लड्डु खाने चलन छ । सिंधि समाजमा छोरी चेलीको तिहार मनिन्छ, कन्या हरुलाई दान दिने चलन छ र तिलको लड्डु खुवाउने चलन छ भने कायस्थमा बिहानै पानिमा तिल राखेर स्नान र तिलको आगोमा जिउ हात सेक्ने चलन छ साथै पन्जाबीहरुले पनि धुम धामले बिहानै छोरी चेलीलाइ टिका लगाएर दक्षिणा दिई उनिहरुबाट आशिश लिने चलन छ, यिनीहरु तिलको तेल अनि दाउरा बालेर ठुलो धुनि बाल्ने र त्यलाई परिक्रमा गर्ने चलन छ ।
पश्चीम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मूलतः थारू समुदायको महान् पर्वका रूपमा रहेको माघी पर्व (माघे सङ्क्रान्ति) लाई तराई, पहाड तथा काठमाडौं उपत्यकामा पनि आ-आफ्नै हिसाबले मनाईने चलन छ । उनीहरुले आजको दिनलाइ माघि अर्थात माया गर्ने दिनको रुपमा आफन्तहरु जम्मा भई उल्लासपूर्ण रुपमा मनाउने गर्दछन् । काठमाडौं उपत्यकामा नेवार समुदायले घ्यू, चाकु खाएर यो पर्व मनाउँछन् भने त्यसलाई अन्य समुदायले पनि सहज रूपमा ग्रहण गर्दै घ्यू, चाकु, तरुल खाएर मनाउने गर्दछन् । यो पर्वमा देवघाट, बराह क्षेत्र, रिडीलगायतका ठाउँमा धार्मिक मेला लाग्ने गर्दछ ।
निरायण ज्योतिशीहरुको मान्यता अनुसार यस दिनमा सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्छन् । तर सायन ज्योतिशमा पौष ७ गते सुर्य मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्छन् ।
यसैवीच सरकारले माघे सक्रान्तिलाई सार्वजनिक विदाको रुपमा मान्यता दिएको छ । मकर संक्रांति अर्थात् माघेसक्रान्तिको दिनमा पबित्र गङ्गा नदिको यो धर्तिमा अवतरण भएको थियो । महाभारतमा पितामह भीष्मले सुर्येको उत्तरायण हुदानै स्वेच्छासंग शरीरको परित्याग गरेकोकथा उल्लेख छ । कारण यो हो कि उत्तरायणमा देह छोड्ने आत्माले या त देब लोकमा जन्म पाउछ या त पुनर्जन्मको चक्र देखि छुटकारा मिल्छ भन्ने भनाइ छ । दक्षिणायनमा देह छोडेकाले धेरै वर्षसम्म आत्मालाइ अन्धेरोको सामना गर्नु पर्छ भन्ने भनाइ शास्त्रमा उल्लेख छ । भगवान श्रीकृष्णले पनि उत्तरायणको महत्व बारे पबित्र गितामा भनेका छन् ।

No comments:
Post a Comment