Pages

Wednesday, June 27, 2007

संविधानसभा चुनावमा के हुने ?

काठमाडौँ । त्रिशुलबाबाले असारमा प्रलय हुने भविष्यवाणी गरेको कुरा सेलाउन नपाउँदै अर्का ज्योतिष डा एस सिटौला (आचार्य कैवल्यानन्द ) ले संविधानसभाको चुनाव मंसिर ६ मा नहुने ठोकुवा गर्नु भएको छ । डा सिटौलाले संविधानसभाको तिथि मंसिर ६ गतेको दिन मेष राशीमा चन्द्रमा र आश्विणी नक्षेत्र परेको कारण ठूलै झगडा र खुनखराबा हुने बताउनुभयो । उहाँले भन्नुभयो अश्विणी स्वामी केतु शिर नभएको ग्रह हो । त्यस्तै मेषको चन्द्रमालाई रातो चन्द्रमा भनिन्छ । रातो चन्द्रमालाई झगडा र मारकाटको रूपमा फलित ज्योतिषले उद्घोष गर्दछ । त्यसैले पनि संविधानसभाको चुनाव मंसिर ६ गतेको दिनलाई तोकिनु खगोलीय ग्रहको हिसाबले सन्तोषजनक मानिँदैन । उक्त दिन चुनाव भएमा देशले निकास पाउँदैन । त्यसैगरी २०६४ साउनमा विश्वघष्र पक्ष परेको हुनाले पनि देशमा ठूलो झगडा र हत्या हिंसाको योग छ । विश्वमा भएका ठूलाठूला युद्धहरू रामायण, महाभारत पनि विश्वघष्र पक्ष परेका बेलामा भएका थिए ।

No comments: