Dr. Suneel Sharma Sitaulopadhyaya has worked as an astrologer in Kathmandu Nepal since 1994.
Sunday, January 11, 2009
इस्वी संवत् लागू गर्ने चाला त होइन
नेपाल सरकारद्वारा गठित पर्व सुधार कार्यान्वयन राष्ट्रिय समितिले दिएको सुझावलाई कार्यान्वयन भएमा २०६६ सालमा चैत महिना गायब हुने हुन्छ । किनकि वि. सं. २०६७ सालको वैशाख महिना चैत १ गतेबाट सुरु हुन्छ । साँच्चिकै पर्वसुधार कार्यान्वयन भएरै छाड्छ या छाड्दैन - त्यो आफ्नो ठाउँमा छँदैछ । तर, यदि कार्यान्वयन भएमा त हामीले मान्दै आएका दशैं-तिहार एक महिना र्सर्ने हुन्छ । यसले गर्दा हामीले मनाउने दशैँ-तिहार र भारतमा मनाइने दशहरा र दीपावली एक महिनाको फरकमा हुने हुन्छ । तर, पशुपतिनाथमा लाग्ने महाशिवरात्रिको मेलामा चाहिँ यसले निश्चय नै समस्या पार्दछ । किनकि पशुपतिनाथको महाशिवरात्रि दुवैको साझा एवं एकै दिनपर्ने हुन्छ । यसैले यसको कार्यान्वयनको व्यापक विरोध हुने गरेको पनि यत्रतत्र र्सवत्र देखिन्छ । हो, पर्वसुधार हुनु जरुरी छ । हामी जुन ग्रह हेर्र्छौं, चार्डपर्व मनाउँछौँ, त्यो आकाशमा रहने ग्रह र हामीले हर्ेर्नेमा फरक आइसकेको छ । हामी आजभन्दा लगभग १७ सय वर्षअगाडिको ग्रह र चार्डपर्वलाई मानिरहेका छौँ जब कि वास्तवमा आज त्यसमा २४ दिनको फरक आइसकेको छ । यो २४ दिनलाई समायोजन गर्नेतर्फनेपाल, भारत दुवै सरकारले ध्यान दिनु नितान्त जरुरी छ । किनकि हामी आजभन्दा १७ सय वर्षअगाडिको कुरालाई अहिले पनि ठीक छ भनी मान्दै आइरहेका छौँ । जब कि हामीकहाँ हरेक कुरा गर्दा ज्योतिष हेराउने, साइत हेराउने प्रचलन छ । अब के कसैले यो सोचेका छन् कि जुन समयमा हामीले साइतअनुसार काम गरेका छौँ, त्यो साइत ठीक हो कि होइन, किनकि त्यो साइतको तिथि, नक्षेत्रमा त २४ अंशको फरक आइसकेको छ । भारत सरकारले पनि यसमा यथोचित मात्रामा ध्यान दिएको देखिन्छ । भारत सरकारद्वारा गठित पञ्चाङ्ग सुधार समितिले वि. सं. २०१२/१३ तिर नै यस प्रकारको समस्यामाथि प्रकाश पारिसकेको थियो । तर, त्यहाँका धार्मिक एवं सामाजिक व्यवस्थाको कारण लागू गर्न सकिएन । अब नेपाल सरकारले यसलाई लागू गर्न खोज्नु आफैँमा एक चुनौतीको विषय हो । कतै यसमा धार्मिक एवं सामाजिक कठिनाईको विषय देखाएर्रर् इस्वी संवत् लागू गर्न खोजिएको त होइन, हामी सचेत हुनु जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment