Pages

Sunday, January 11, 2009

गुरुदेवको आशर्ीवाद

वि. सं. २०६५ साल मंसिर २४ गतेको दिन ज्योतिर्विद्हरूका लागि विशेष महत्व राख्दछ । किनकि त्यस दिन देवतादि देव, गुरुदेव, बृहस्पति, धर्म, कर्म, कानुन, न्याय एवं भाग्यका ग्रह मध्यराति ११ः५७ देखि मकर राशिमा प्रवेश गरेका छन् । बृहस्पतिको यस राशि परिवर्तनसँगसँगै विश्व जगत्मा विभिन्न उदेकलाग्दा घटनाक्रमहरू देखिन्न थालिसकेको छ । यसको प्रथम उदाहरण हिन्दुहरुको आरध्यदेव पशुपतिनाथ मन्दिरमा भट्ट नियुक्तिले ल्याएको विवाद पनि एक एक हो र प्यालेस्टाइन र इजरायलबीच चर्किएको द्वन्द्व पनि हो । यसैगरी, विश्व जगत् एवं राजनीतिमा पनि विभिन्न हल्ला एवं शंका, उपशंकाहरू प्रकट हुन थालेका छन् । फलित ज्योतिषमा बृहस्पति, शनि, राहु, केतुको राशि परिवर्तनले विशेष महत्व राख्दछ । फलित ज्योतिषमा बृहस्पति शनि, राह, केतु भनेका ठूला एवं विस्तृत र व्यापक क्षेत्र ओगट्ने ग्रह हुन् । बउहस्पति एक राशिमा लगभग १ महिनासम्म रहन्छ भने राहु, केतु १८ महिना, शनि साँढे दर्ुइ वर्ष। शनिको भ्रमण शनि अढैयाको नामले विश्वविख्यात भए तापनि बृहस्पति एवं अन्य ग्रहको भ्रमण पनि आफ्नै विशेष महत्व राख्दछ । बृहस्पतिको भ्रमण मकर राशिमा निचो मानिन्छ । बृहस्पति नीचो हुनु भनेको मानिसमा नैतिक मूल्य, मान्यता र धर्म छोड्नु हो । त्यसैले निश्चय नै बृहस्पतिको यस भमण केही न केही उपद्र मच्चाएरै जानेछ । यस्तो उपद्र विश्वका महानतम शक्तिशाली राष्ट्रका प्रमुखदेखि लिएर सडक किनारामा जीवन व्यतित गर्नेहरू सबैलाई पर्ने हुन्छ । किनकि ती सबै २७ नक्षत्र र १२ राशिभित्र पर्दछन् । ज्योतिषशास्त्रमा राशि भनेको त्यस्तो भण्डारण स्थान हो या त्यो गोदाम हो, जहाँ हरेक मनुस्यले गरेका पाप र पुण्य संग्रह भएर बसेको हुन्छ । यदि त्यस स्थानमा पर्याप्त प्रकाश परेको खण्डमा त्यो स्थान स्वच्छ र सफा रहने हुन्छ भने प्रकाश नपरेमा त्यस स्थानमा ढुसी परी काम नलाग्ने हुन्छ । कहीँ प्रकाश अर्थात् ज्योतिपुञ्ज भनेका नै ग्रह हुन् । हरेक राशिबाट गुज्रने ग्रहले पार्ने प्रभावको आधारमा गरिने भविष्यवाणी नै राशिफल हो । अतः हामी यहाँ हाम्रा प्रबुद्ध पाठकहरूको राशिअनुसार बृहस्पतिको यस भ्रमणले के, कस्तो प्रभाव पार्नेछ त भन्ने जानकारीको साथसाथै यसले जीवन र जगत्मा पर्ने असरको जानकारी दिनेछौँ । जसमा समाजलाई दिशानिर्देश गर्ने मन्त्री, प्रधानमन्त्रीदेखि तपाईं आफू पनि पर्नु हुनेछ ।
बृहस्पतिको मकर राशि भ्रमणको बारेमा ज्योतिर्विद् पं. काशीनाथ भट्टाचार्यविरचित शीघ्रबोध नामक पुस्तकामा 'दर्ुभक्षं मकरे जीवे राजयुद्ध. पशुक्षयः' अर्थात् मकर राशिमा बृहस्पति हुँदा अकाल पर्ने, राजा-राजा -देश-देश) मा युद्ध हुने एवं पशुको नाश हुने भन्ने उल्लेख भएको छ । यसबाट के बुझिन्छ भने निश्चय नै बृहस्पतिको यस भ्रमणले जगत् र जीवनमा अनुकूल प्रभाव ल्याको छैन । प्राचीन मान्यताअनुसार बृहस्पति ग्रह देवराज इन्द्रका गुरुपुरोहित हुन् र देवराज इन्द्रलाई मान्ने क्षेत्र भनेको नेपाल र भारत नै हुन् । यसले गर्दा पनि यसको दुष्प्रभाव नेपाल, भारतमा धेरै पर्ने देखिन्छ । भारतको मुर्म्बई सहरमा भएको आतंककारी हमलाबाट भारत-पाकिस्तान सम्बन्ध चिसिन पुगेकोछ र यसले कुनै युद्ध ननिम्त्याउला भन्न पन सकिँदैन । किनकि राजा-राजामा युद्ध हुनेछ भन्ने शब्द प्रकट उल्लेख भएको श्लोक हामीले पढिसक्यौँ । त्यसैगरी, अहिले र्'बर्डफ्लु' ले पनि व्यापक रूप धारण गर्न थालिसकेको छ । र, यसको प्रभाव नेपालमा पनि निश्चय नै पर्नेछ । साथै कुनै पनि अज्ञात रोगको कारण पशुभाउमा प्रतिकूल प्रभाव नपार्ला भन्न सकिँदैन । यो त भयो, जगत्मा पार्ने असर । अब कुरा गरौँ, नेपालको राष्ट्रिय स्तरका विशिष्ट महानुभावको जीवनमा पार्ने असर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ः मिथुन राशि, बृहस्पतिको भ्रमण अष्टम स्थानबाट, जन्ममा उच्च, बृहस्पति, यो साल निचो । निश्चय नै यो अवधि प्रधानमन्त्रीको लागि प्रतिकूल रहनेछ । किनकि फलित ज्योतिषमा ँब्कतam ष्क बधिबथक प्बकतam’ भन्ने गरिन्छ । यसले प्रधानमन्त्रीकै कार्यकालको पर्ूण्ाताको विषयमा पनि शंका उब्जने फलित ज्योतिषले दखाउँदछ ।
पर्ूवप्रधानमन्त्री एवं नेपाली का“ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला ः सिंह लग्न, मिथुन राशि, लग्नबाट षष्ठम र राशिबाट अष्टम, निश्चय नै महान् कष्टकारक समय, उहाँको स्वास्थ्यमा निश्चय नै प्रतिकूल असर ।
र्ूवप्रधानमन्त्री एवं नेपाली का“ग्रेसका प्रभावशाली नेता शेरबहादर देउवा ः सिंह लग्न, मकर राशि, शिरबाट बृहस्पतिको भ्रमण, प्रभावशाली व्यक्तित्वको निर्माण हुने र राजनीतिमा सफलता, पद, प्रतिष्ठा मिल्ने । र्
अर्थमन्त्री एवं नेकपा माओवादीका प्रभावशाली नेता डा. बाबुराम भट्टर्राई ः कर्कट लग्न, सिंह राशि, छैठौँ स्थानबाट बृहस्पतिको भ्रमण, रोग, शोक थपिन सक्ने आफन्तबाट धोका ।
नेकपा एमालेका पर्ूवमहासचिव माधवकुमार नेपाल ः कन्या लग्न, तुला राशि, चतर्ुथ स्थानबाट बृहस्पतिको भ्रमण शत्रुबाट कष्ट एवं हानि उठाउनुपर्ने छातीमा पीडा हुने ।
नेपालका पर्ूवराजा ज्ञानेन्द्र ः मीन लग्न, कुम्भ राशि, द्वादश स्थानबाट बृहस्पतिको भ्रमण, मानसिक पीडा तर वैदेशिक शक्तिकेन्द्रहरूसँग सम्बन्ध बढ्न सक्ने । मेषादि द्वादश राशिमा बृहस्पतिको यस राशि परिवर्तनले पार्ने असर ः
मेष ः मेष राशि भएका व्यक्तिहरूको कर्म स्थानबाट बृहस्पतिको भ्रमण हुनेछ । त्यसले कर्ममा नाश ल्याउन सक्ने भए तापनि धन कुटुम्ब माता, भूमि घर, वहान एवं शत्रु ऋणमा समेत दृष्टि दिनेछ । फलस्वरूप कुटुम्ब एवं मातृसुखमा वृद्धि हुनेछ । घर खेतबारी जोड्ने अवसर मिल्नेछ । वाहान लाभ पनि हुनेछ । तर, ऋण, रोग, शोक पनि यो साल थपिने छ ।
वृष ः वृष राशि भएका व्यक्तिहरूको लागि यो बृहस्पतिको भ्रमणले भाग्य पिता र संस्कारमा प्रतिकूल असर पार्नेछ भने आयुमा दाजुभाइमा र सन्तान, विद्या, बुद्धिमा अनुकूल प्रभाव पार्नेछ ।
मिथुन ः मिथुन राशि भएका व्यक्तिहरूको लागि बृहस्पतिको यस भ्रमणले रोग वृद्धि गराए तापनि धनसम्पत्तिको, यात्राको एवं अचल सम्पत्तिको लागि अनुकूल नै फल प्रदान गर्नेछ । र्
कर्कट ः ककर्ट राशि भएकाहरूको लागि यस भ्रमणले निश्चय नै मानसम्मान, स्त्री लाभ, शरीरमा उमङ्ग र साहस एवं धर्ैय बढाउने छ ।
सिंह ः सिंह राशिको लागि रोग, ऋण, शत्रु एवं चोट लगाउन सक्ने भए तापनि कार्यक्षेत्रमा र धनसम्पत्तिमा निश्चय नै वृद्धि हुनेछ । मानसम्मान एवं वैभव बढ्नेछ ।
कन्या ः कन्या राशिको लागि बृहस्पतिको यो भ्रमणले सुख प्रदान गर्नेछ । साथसाथै भाग्यवृद्धि र लाभको क्षेत्र फराकिलो पार्नेछ ।
तुला ः तुला राशि भएका व्यक्तिहरूको शत्रु लाग्ने अचल सम्पत्तिमा ह्रास आउने र मातृसुखमा न्यूनता हुनसक्ने भए तापनि कामधन्दाको लागि चाहिँ अनुकूल फल दिनेछ ।
वृश्चिक ः वृश्चिक राशिको लागि बृहस्पतिको यस भ्रमणले पीडा नै बढाउने छ । दाजुभाइसँग सम्बन्ध ब्रि्रन सक्छ । घरपरिवारबाट टाढा हुनु पर्ला । श्वासप्रश्वाससम्बन्धी केही रोग बढ्न जाला ।
धनु ः धनधान्यमा वृद्धि गराउने छ । कर्मक्षेत्रमा पनि फैलावट नै हुनेछ । तर, परिवारमा शोक पर्न सक्छ । आफ्नो स्वास्थ्य ब्रि्रला ।
मकर ः शिरको निचो बृहस्पति आयुको लागि केही अशुभ भए तापनि मानसम्मान, पदप्रतिष्ठा एवं भाग्यवद्धिमा सहायक बन्नेछ ।
कुम्भ ः खर्च एवं शत्रु बढ्नेछन् । आफन्तसँग नै मुद्दा लड्नुपर्ला । तर, विदेशी सम्बन्धबाट चाहिँ फाइदा नै हुनेछ ।
मीन ः लाभदायक समय छ । सन्तानबाट लाभ, ज्वाइँ, बुहारी एवं छोरीबाट शुभ समाचार पाइनेछ । बिहेबारीको योग बन्दछ ।

No comments: