Pages

Tuesday, August 4, 2009

हाम्रो धर्म

प्रा.डा. माधव भट्टर्राई
धर्मको स्वरूप
व्यक्ति वा वस्तुको अभिन्न स्वभावलाई धर्म भनिन्छ । अर्थात् गुन गुण वा विशेषताले कसैको पनि सत्ता वा अस्तित्व कायम राख्दछ त्यही धर्म हो । जस्तै र्सर्ूयमा रहने ताप र प्रकाश उसको धर्म हो भने भिजाउने धर्म पानीको हो । मानवको सर्न्दर्भमा क्षमा, दया, प्रेम, सेवा, अनुशासन सद्भावना जस्ता सदाचार र सद्व्यवहारलाई धर्म भन्न सकिन्छ । त्यसैले समाज र राष्ट्रलाई उँभो लगाउनका साथै व्यक्तिविशेषको बौद्धिक आत्मिक उन्नति र शुद्धिकरणका लागि धर्म अपरिहार्य हुन्छ । धर्मले परस्परमा मेल र मित्रता बढाउँछ । त्यसैले एकातिर 'धारणा धर्ममित्याहु' भन्ने गरिन्छ भने "धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः" अर्थात धर्मको नाश भयो भने हाम्रो नाश हुन्छ, धर्मको रक्षा गरियो भने हाम्रो पनि रक्षा हुन्छ, भन्ने भनाई प्रचलति हुँदै आएको छ । जसबाट यस लोकमा उन्नति र परलोकमा कल्याण हुन्छ त्यही धर्म हो भन्ने विचार धेरैले गरेका छन् । वास्तवमा धर्म बिना मानिसको जीवन र्व्यर्थ हुन्छ किनभने उसले आफ्नो व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रिय जिम्मेवारी यथार्थतः धर्मको पालन न गरी हुँदैन । अत एव 'धर्मेन हीना ः पशुभिः समानाः' अर्थात धर्म नभएकाहरू पशुसरह हुन्छन्, भनिएको हो । तर्सथ अत्यन्त महत्वका साथ धर्मको मर्म बुझ्नु र धार्मिक आचरण पालन गर्नु प्रत्येक सचेत व्यक्तिको कर्तव्य हो । धर्मको पालनलाई हामीले महत्व दियौं भने स्वयं भगवान्ले पनि हामीलाई मद्दत गर्नुहुन्छ । त्यसैले उहाँ भन्नुहुन्छ - "धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।" अर्थात् धर्मको स्थापना गर्न म युग युगमा प्रकट हुन्छु ।
सनातन धर्म
सँधै रहनेलाई सनातन भन्दछन् । सनातन धर्म संसारमा एउटै मात्र छ - त्यो हो हाम्रो धर्म । जसको न आदि छ, न अन्त त्यही हो सनातन धर्म । यो र्सवमान्य हो कि सनातन धर्मबाहेकका अरु धर्म मानवसभ्यताको विकासका क्रममा धेरै पछि मात्र पैदा भएका हुन् । जसको इतिहास ज्यादै छोटो छ अर्थात् सनातन धर्म बाहेकका अरु धर्मको परम्परा थालिएको ३ हजार वर्षपनि पुगेको छैन । ती सबै धर्ममा सनातन धर्मको प्रशस्त प्रभाव परेको छ । सनातन धर्मलाई वैदिक सनातन धर्म पनि भन्ने गरिएको पाइन्छ । किनभने यस धर्मको मूल आधार वेद हो ।
सनातन धर्म अत्यन्त उदार र परिष्कृत धर्म हो । यो एउटा जीवन पद्धति हो जसमा आफ्नो रूची र खाँचो अनुुसार उपासना, आराधना वा आचरण गर्ने स्वतन्त्रता छ । यसमा ३३ करोड देवताको मान्यता स्थापित छ । यसको तार्त्पर्य के हो भने कुनै पनि स्वरूप, आकार, प्रकार, विचार र मान्यता ग्रहण गर्ने छुट सनातन धर्मले दिएको छ । त्यसैले खास कुनै पद्धति नै मान्नुपर्ने बाध्यता यसमा छैन ।
मानवतावादमा आधारित भएकाले सनातन धर्ममा कुनै भेदभाव छैन । र्सवत्र समानता छ । हो, कार्यका विभाजनले झट्ट हर्ेदा वर्ण्र्ाा वर्गमा केही विभाजन देखिन्छ, त्यो सतही हो, यथार्थ होइन । गहिरिएर हर्ेर्ने हो भने सनातन धर्म नै त्यस्तो समग्र चिन्तनको धर्म हो जसले अनेकतामा एकताको मान्यता स्थापित गरेको छ । यस दृष्टिले हर्ेदा अरु धर्म त एक सम्प्रदाय मात्र हुन् । त्यस्ता सम्प्रदाय सनातन धर्मभित्र नै अनेकौं छन् । माथिको भनाइलाई यस उक्तिले सहजै पुष्टि गर्दछ ।
धृतिः क्षमा दमो˜स्तेयं सौचमिन्द्रियन्रि्रहः
धर्ीर्विद्या सत्यमक्रोधो दशकं धर्म लक्षणं (मनु ।
अर्थात धर्ैय गर्नु, क्षमा गर्नु, संयम रहनु, इन्द्रिय नियन्त्रण गर्नु, चोरी नगर्नु, पवित्र रहन,ु सुझबुझ राख्नु, विद्या हासिल गर्नु, साँचो व्यवहार गर्नु, क्रोध नगर्नु, यी दशवटा धर्मका लक्षण हुन । यी यस्ता शाश्वत आचार विचारका आदर्श हुन् जो कुनै जातजाति, वर्ग क्षेत्र, रीति संस्कृतिको घेरामा नरही र्सवत्र र्सवदा ग्राहृय छन् । यसबाट धर्म नित्य छ र यसको मूल स्रोत वेद हो भन्ने स्पष्ट हुन्छ । जहाँसम्म हिन्दुत्वको कुरा छ, यसले धर्मका साथै संस्कृतिको परिवेशलाई आत्मसात् गरेको छ ।
धेरै विद्वानहरूले सिन्धु नदी सँग गाँसेर हिन्दु शब्दको निर्माण भएको बताएका छन् । पहिले फारसी भाषामा 'स' को उच्चारण 'ह' गरिन्थ्यो । कर्ण्ााली क्षेत्रमा नेपाली भाषामै पनि 'स' को सट्टा 'ह' प्रयोग गर्ने चलन हाल पनि जीवितै छ । सिन्धुसभ्यता प्राचीन विकसित सभ्यता मानिन्छ भने त्यसैको सम्बन्धबाट हिन्दु जाति र हिन्दु धर्मको विस्तार हुँदै गएको मान्नु स्वभाविक पनि मान्न सकिन्छ । र्
वर्तमान सभ्यतामा हिन्दुको परिचय दिने क्रममा çकारलाई मुल मन्त्र मान्ने, पर्ुनर्जन्ममा विचार गर्ने गोभक्त गुरु र शास्त्रमा आस्था राख्ने र हिंसादेखि दूर रहनेलाई हिन्दु भन्ने गरिएको छ । यस मान्यतालाई धेरै धार्मिक व्यक्ति र संस्थाहरूले अङ्गीकार गरेका छन् । यसप्रकार सनातन धर्म वा हिन्दु धर्म जे भने पनि "नाममात्रे विवादः" भने झैं यथार्थमा भेद गरिरहनु पर्ने विषय यो होइन । सबै धर्मप्रेमी, न्यायप्रेमी र राष्ट्रप्रेमीहरूले यो मर्म बुझेर धर्मअनुकूल कर्म गर्नु र सकेसम्म धर्मको जागरणमा जागरुक रहनु अति आवश्यक भएको छ ।
लेखकः नेपाल पञ्चाङ्ग निर्ण्ाायक समिति र राष्ट्रिय धर्मसभाका अध्यक्ष हुनुहुन्छ ।

No comments: