Pages

Saturday, May 23, 2009

मनीषा कोइरालाको जन्मकुण्डली

भारतीय चलचित्र नगरमा आफ्नो बर्चश्व कायम राख्दै आएकी नेपाली युवती मनीषा कोइरालाकेा सफलताको बाटाहरू पक्कै पनि सुगम भने थिएनन् तर पनि उनको उन्नतिको अगाडि ग्रह नक्षेत्रकै बलियो हात रहेको छ । यस सम्बन्धमा ज्योतिषीय चर्चा गरौँ । मनीषाको जन्म १६ अगस्ट, १९७० को दिन बेलुका ५ बजेर ४२ मिनेटमा भारतको बनारसमा भएको थियो । उक्त समयमा पर्ूर्वीय क्षितिजमा मकर लग्न उदाइरहेको थियो र स्वयं चन्द्रमा पनि मकरबाटै गुज्रिँदै थियो । साथै उक्त समयमा द्वितीय भावमा राहु, चतर्ुथ भावमा शनि, सप्तमभावमा र्सर्ूय एवं मङ्गल, अष्टम भावमा बुध र केतु नवम भावमा शुक्र र दशम भावमा बृहस्पति रहेको थियो ।
नाम( मनीषा कोइराला
जन्ममिति( १६ अगस्त, १९७०
समय(२५फ्२०'उत्तर, ८२फ्३०' पर्ूव
मनीषाको लागि प्रबल कारक ग्रह शुक्र -कला) भाग्य भावमा बस्नु नै सफलताको प्रमुख कारक हुन आउँछ । साथै कुण्डलीमा लग्नेश शनि निचो भएतापनि निच भङ्ग राजयोग परेको हुनाले रूप र यौवनको सहायक बन्न आएको हो भने ३६ वर्षछि राजनीतिक सफलता दिनेछ । त्यस्तै मङ्गलले पनि निच भङ्गग राजयोग बनाएको हुनाले साहस र धर्ैयको सहज उपस्थिति गराएको छ । त्यस्तै गुरु र चन्द्रमा परस्पर केन्द्रवर्ती भई गजकेशरी योग बनाएको छ । जसले गर्दा उनलाई समाज सेवा एवं मानवताको क्षेत्रमा विशेष रुची राख्ने बनाउँछ । त्यस्तै शनि र गुरुले परस्पर दृष्टि सम्बन्ध राखेको हुनाले कोइरालामा दार्शनिक प्रवृत्तिको विकास हुँदै जानेछ साथै आत्मज्ञान एवं तत्वज्ञानको बोध गराउनेछ ।
उनको कुण्डलीमा द्वितीय भावमा राहु बसेको हुनाले प्रायः आफ्नै बोलिले विवादमा ल्याउने गरेको छ, साथै त्यसलाई मङ्गलले पनि दृष्टि दिएको हुनाले विवादित बनाइरहन्छ । भाग्य -जसलाई पतिबाट पाउने सुख) को मालिक स्वयं मृत्युस्थानमा जानु र पतिस्थानमा पापग्रहको बर्चश्व रहेको हुनाले उनको वैवाहिक जीवन भने प्रायः असफल नै रहन्छ ।

No comments: