निवासयोग्य भूमिको चयन गर्नको लागि र्सवप्रथम कुन ठाउँ अथवा सहर या गाउँको कुन दिशा आफ्नो लागि शुभ या अशुभ छ । त्यो हर्ेर्नुपर्दछ । यसको लागि हामीले ज्योतिष विज्ञानको सहारा लिनुपर्ने हुन्छ । ज्योतिषशास्त्रमा व्यक्ति, ठाउँ विशेषको नामबाट राशि निर्धारण गरिन्छ । त्यसपछि व्यक्तिको राशि नक्षत्र र नगर या गाउँको राशि नक्षत्र विवाह प्रकरणमा मेलापक मिलाएर झैँ मिलाई हर्ेर्नुपर्ने हुन्छ । परस्पर शत्रु राशिमा परेमा त्यस नामको ठाउँले सुख शान्ति र समृद्धिको ठाउँमा दुःख अशान्ति र दर्रि्रता निम्त्याउनेछ । यदि आफ्नो राशिदेखि ठाउँको राशि दोस्रो, पाँचौँ, नवौँ, दसौँ र एघारौँ राशि परेमा शुभ रहन्छ । तर, आफ्नो राशिदेखि ठाउँको राशि एक या सातौँ परेमा शत्रुता बढ्दछ अर्थात् त्यस्तो ठाउँमा बसेमा छरछिमेकमा दुश्मनी बढ्न जानेछ । फेरि आफ्नोदेखि तेस्रो या छैठौँ राशि परेमा हानि हुनेछ र चौथो, आठौँ या बाह्रौँ राशि परेमा रोगी बनाउनेछ । जस्तै- उदाहरणको लागि कोही माधव भन्ने व्यक्ति -जो सिंह राशिपर्यो) ले आफूदेखि दोस्रो, कन्या, पाँचौँ धनु, नवौँ मेष, दसौँ वृष र एघारौँ मिथुन राशिमा नाम भएका ठाउँमा बसोबास या कारोबार गरे फलिफाप हुनेछ । तर, आफ्नै राशि सिंह र सातौँ राशि कुम्भको ठाउँमा बसोबास गरेर शत्रुता बढ्नेछ । यसैगरी, सबै ठाउँ एवं नामको विचार गर्नुपर्दछ । राशि नक्षेत्रको साथसाथै वर्ग विचार पनि अति आवश्यक हुन आउँछ । वर्ग विचारको लागि आफ्नो प्रचलित नाम लिनर्ुपर्दछ । वर्ग विचरण प्रक्रियालाई नारद पुराणमा यस प्रकार बताइएको छ ।
यसमा 'क' वर्ग भनेको क, ख, ग, घ, ङ, च वर्ग भनेको च, छ, ज, झ र ञ लाई बुझनर्ुपर्दछ । आफ्नो वर्गदेखि पाँचौर्ँवर्गको दिशामा पनि बसोबास गर्नु हुँदैन । जस्तै- यमलाल भन्ने व्यक्ति 'य' वर्गमा पर्यो, जसको दिशा उत्तर र स्वामी गज । अब उसले आफूभन्दा पाँचौँ वर्ग एवं दिशा अर्थात् आफूभन्दा सम्मखुको च वर्ग एवं दक्षिण दिशामा बसोबास गर्नु भएन । यो त स्थुल नियम भयो । अब सूक्ष्मरूपमा विचार गरी कुन व्यक्तिलाई कुन ठाउँमा बस्दा कति फाइदा र कति घाटा हुनेछ त त्यो पनि विचार गर्नुपर्दछ । यसमा व्यक्तिलाई साधक र स्थानलाई साध्य भनिन्छ । लाभ र हानीको विचार निम्न गणितीय विधिअनुसार गर्नुपर्दछ ।
साधक . साध्य / ८ Ö धन -लाभ)
साध्य . साधक / ८ Ö ऋण -हानी)
ऋणभन्दा धन धेरै आएमा त्यस्तो ठाउँ उपयुक्त हुनेछ । जस्तै- सुनील सिटौला भन्ने व्यक्तिलाई काठमाडौँले कति लाभ या हानि के दिन्छ त - हर्ेर्नुपर्यो । सुनीलको 'श' वर्ग संख्या ८, काठमाडौँको 'क' वर्ग संख्या २ । अब गणितअनुसार,
८२ / ८ Ö शेष २, लाभ
२८ / ८ Ö शेष ४ हानी
यसबाट प्रस्ट भयो कि सुनील सिटौलाले काठमाडौँमा बस्दा, व्यवसाय गर्दा २ भाग लाभ तर ४ भाग हानी हुने भयो । यसरी आफ्नो नामको वर्ग र ठाउँको वर्ग विचार गरी निवासयोग्य ठाउँको चयन गर्नुपर्दछ । यो त भयो नारदपुराणमा वणिर्त विधि, यसैगरी, ज्योतिषशास्त्रमा राशीअनुसार केही ठाउँलाई बस्न वर्जित गरिएको छ । जस्तै- वृष, सिंह, मकर र मिथुन राशिले गाउँको बीचमा नबस्ने, वृश्चिक राशि हुने व्यक्ति पर्ूवमा नबस्ने, मीन राशि हुने व्यक्ति आग्नेय कोणमा बस्नु हुँदैन । त्यस्तै कन्या राशि हुनेले दक्षिण दिशामा, कर्कट राशिले नैऋत्य कोणमा, धनुले पश्चिममा, तुला राशिले वायव्य भागमा, मेष राशि हुनेले उत्तर दिशामा र कुम्भ राशि भएका व्यक्तिले इसान कोणमा बसोबास गर्नु हुँदैन । यदि गरेमा दुःख, कष्ट र हानी उठाउनुपर्ने छ । त्यस्तै कुनै पनि ठाउँको इसान कोणमा चरकी आग्नेयमा विदारी, नैऋत्यमा पुतना र वायव्यमा पापाराक्षसी निवास गर्दछे, त्यसले गाउँ या सहरको कुनामा बस्दा दोष लाग्दछ । तर, अन्त्यज एवं श्वपञ्च आदि जातिहरूलाई भने शुभ र उन्नतिदायक नै रहेनछ ।
भूमि प्राप्ति अनुष्ठान
यदि कसैले प्रयास गर्दा एवं अर्थ हुँदाहुँदै पनि मनोनुकूल भूमि पाइरहेको छैन भने भगवान् वराहको पूजा अराधना गर्नुपर्दछ । भगवान् वराहको उपासना स्तुति पर््रार्थना एवं मन्त्र जप गर्नाले अवश्य नै निवासको लागि शुभ भूमि मिल्नेछ । स्कन्दपुराण वैष्णवखण्डमा बताइएअनुसार भूमिको इच्छा राख्ने व्यक्तिले निम्न मन्त्र सदैव जप गर्नुपर्दछ । यसो गर्नाले मनोनुकूल भूमि प्राप्त हुनेछ । मन्त्र यस प्रकारको छ । "ç नमः श्रीवराहाय धरयुद्धारणाय स्वाहा", यस मन्त्रको चार लाख जप एवं घ्यू र मह मिश्रति खिरले हवन गर्नुपर्दछ ।
(सुनील सिटौलाको प्रकाशोन्मुख 'गृहवास्तु प्रकाश' बाट उधृत)
No comments:
Post a Comment