Pages

Saturday, May 23, 2009

अंक विज्ञान र व्यवसाय

ज्योतिष विज्ञानका विभिन्न हाँगाहरूमध्ये अंक विज्ञान पनि महत्वपर्ूण्ा मानिन्छ । यो भविष्यफल जान्नका लागि विशिष्ट माध्यम बन्दछ । यसको माध्यमबाट मानव जीवनसँग सम्बन्धित महत्वपर्ूण्ा घटनाको जानकारी दिन सकिन्छ । अंक ज्योतिषको क्षेत्रमा पाश्चात्य ज्योतिष कीरो -काउन्टलुइस हेमन), मागर्रर्ेट अनौल्ड, वाल्टर बी. गिब्सन, हिचकाँक, युनाइटेड क्रास आदिले ठूलो योगदान दिएका छन् अंक विज्ञानमा विभिन्न अवधारणाहरू प्रचलित छन् । अंक विज्ञान जान्नुभन्दा पहिले यसको सैद्धान्तिक पक्षलाई जान्न आवश्यक पर्दछ । अतः पाठकलाई अंक विज्ञानको बरोमा प्रमुख अवधारणाको जानकारी दिँदैछु ।
अंक ० देखि ९ सम्मका अक्षरलाई अंक भनिन्छ, जसलाई मिलाएर संख्या बनाउन सकिन्छ ।
संख्या - एकभन्दा अधिक अंक मिलेर बनेकोलाई संख्या भनिन्छ । जस्तै( ११, ५०, १०४ १३००५ आदि ।
मूलांक अंक गणितमा ० देखि ९ सम्मको १० धनात्मक पर्ूण्ा संख्या नै आधारभूत अंक हुन् । यसैको माध्यमबाट अरू सबै संख्याहरू -जुन लाखौँ, अरबौँ हुन्छन्) बनाउन मिल्दछ । फेरि पनि अंक ज्योतिषमा ० संख्यालाई छाडेर १(९ सम्मको आधारभूत संख्यालाई नै मूलांक मानिन्छ ।
मूलांक( १, २, ३, ४, ५, ६, ७, ८, ९
मूलांक थाहा पाउने तरिका ः मूलांक थाहा पाउन संख्यालाई जोड्दै जाँदा अन्त्यमा एक अंक ल्याउनर्ुपर्दछ । जस्तै- १५३६ को मूलांक
१ ± ५ ± ३ ± ६ . १५
१ ± ५ . ६
अतः संख्या १५३६ को मूलांक ६ भयो ।
अंक ज्योतिषमा मूलांकको तार्त्पर्य अंग्रेजी महिनाको जन्म तारिखको अंकलाई मानिन्छ । यदि कसैको जन्म ३०, जनवरी १९८० मा भएको रहेछ भने,
३ ± ० . ३ मूलांक भयो ।
यहाँ पाठकको जानकारीको लागि सबै जन्म तारिखको मूलांक प्रस्तुत गरिँदैछ(
तारिख मूलांक तारिख मूलांक
१ १ १६ ७
२ २ १७ ८
३ ३ १८ ९
४ ४ १९ १
५ ५ २० २
६ ६ २१ ३
७ ७ २२ ४
८ ८ २३ ५
९ ९ २४ ६
१० १ २५ ७
११ २ २६ ८
१२ ३ २७ ९
१३ ४ २८ १
१४ ५ २९ २
१५ ६ ३० ३
३१ ४
अंक ज्योतिषद्वारा व्यवसाय निर्धारण
आजको युगमा कर्म नै प्रधान मानिन्छ । साथै कर्मको आधारमा नै तपाईँको जीवन निर्माण हुन्छ । तर, आजको प्रतिस्पर्धात्मक युगमा तपाईँको मेहनत र लगानीले मात्र पनि तपाईँलाई सफलता दिलाउन सक्दैन किनकि भनिएको छ( 'भाग्य फलती र्सवत्र, न च विद्या न च पौरुषम् ।'
त्यसैले बुद्धिमान व्यक्तिले आफ्नो कर्मक्षेत्रको पहिल्यै जानकारी लिई सम्बन्धित व्यवसायमा लगानी गरे सफलता मिल्दछ । अंक ज्योतिषले पनि व्यवसायको चयनमा महत्वपर्ूण्ा भूमिका खेल्दछ ।
मूलांक १ र उपयुक्त व्यवसाय( मूलांक १ को स्वामी र्सर्ूय ग्रह हुन्छ । अतः र्सर्ूयसँग सम्बन्धित व्यवसाय उपयुक्त हुन्छ ।
जस्तै( सरकारी सेवा, विद्युत् एवं त्यससँग सम्बन्धित नोकरी अथवा विद्युतीय एवं त्यससँग सम्बन्धित सामानको व्यापार, न्युरोलोजी, नाक, कान, गला, हिमोटोलोजी, नेत्र चिकित्सा, शल्यचिकित्सा अथवा अस्पतालमा नोकरी, औषधी व्यापार अथवा औषधी कम्पनीमा नोकरी, प्रयोगशाला, वैज्ञानिक संस्थान, अनुसन्धान केन्द्र एवं आविष्कारसँग सम्बन्धित कार्यहरू, तेल एवं ग्याँस कम्पनीका कार्यहरू साथै राजनीति तथा कूटनीतिमा सफलता मिल्दछ ।
मूलांक २ र उपयुक्त व्यवसाय( मूलांक २ को प्रतिनिधि ग्रह चन्द्रमा हुन्छ । अतः मूलांक २ का व्यक्तिका लागि चन्द्रमासँग सम्बन्धित व्यवसायमा सफलता मिल्दछ ।
पशुपालन तथा पशुसँग सम्बन्धित व्यवसाय -डेरी, र्फम), कृषि कार्य तथा खेतीको कामलगायत सामानको व्यापार, चाँदीसँग सम्बन्धित कारोबार, होटल, रेष्टुरेन्ट आदिको व्यापार, पर्यटन, ट्राभल्स एजेन्सी आदिमा, लेखन, सम्पादन तथा पत्रकारिता, पानी तथा तरल पदार्थसँग सम्बन्धित कार्यहरू, दलाली कार्य, नृत्य, संगीत, फिल्म क्षेत्रका कार्यहरू, मनोचिकित्सक, हृदय विशेषज्ञ, युरोलोजी, न्युरोलोजी, नेत्र चिकित्सका कार्यहरू साथै आर्किटेक्चरसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
मूलांक ३ र उपयुक्त व्यवसाय( मूलांक ३ को प्रतिनिधि ग्रह बृहस्पति हुन्छ । अतः बृहस्पतिसँग सम्बन्धित कार्यहरू यिनको लागि लाभदायक रहन्छ ।
शिक्षण संस्थासँग सम्बन्धित कार्यहरू, दार्शनिक, कथावाचक, धार्मिक उपदेशक तथा यससँग सम्बन्धित कार्यहरू, वकिल, न्यायाधीश तथा न्यायालय वा कानुनसँग सम्बन्धित कार्यहरू, पुलिस विभागका कार्यहरू, बैंकका कार्यहरू, सेल्समेनको कार्य, विज्ञापनसँग सम्बन्धित कार्यहरू, मन्त्री, राजदूत आदि, सिँचाइ, अटोमोबाइल, टेक्सटाइल साथै इन्जिनियरिङसँग सम्बन्धित कार्यहरू, छाला रोग, पेटको रोग तथा गुप्त रोग विशेषज्ञ आदि ।
मूलांक ४ र उपयुक्त व्यवसाय( मूलांक ४ को स्वामी ग्रह राहु हो । अतः राहुसँग सम्बन्धित व्यवसाय फाइदाजनक हुन्छ ।
ज्योतिषशास्त्र एवं तन्त्रमन्त्रसँग सम्बन्धित, रेल्वे विभाग, एयरलाइन्स विभाग, पुरातत्व विभाग, हुलाक विभाग, खानी तथा भर्ूगर्भ विभाग, काष्ठकला, पेट्रोलियम पदार्थको कार्यहरूमा सफलता मिल्दछ ।
मूलांक ५ र उपयुक्त व्यवसाय( मूलांक ५ को स्वामी बुध ग्रह हुन्छ । अतः बुधसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
लेखन, सम्पादन, प्रकाशनसँग सम्बन्धित कार्यहरू, दूरसञ्चारका कार्यहरू, आर्थिक विभागका कार्यहरू, ट्रान्सपोर्टसँग सम्बन्धित कार्यहरू, व्यापार तथा राजनीति, श्वासप्रश्वाससँग सम्बन्धित डाक्टर आदिमा सफलता मिल्दछ ।
मूलांक ६ र सम्बन्धित व्यवसाय( मूलांक ६ को प्रतिनिधि शुक्र ग्रह हो । अतः शुक्रसँग सम्बन्धित कार्यहरूमा सफलता मिल्दछ ।
विलासपर्ूण्ा वस्तुसँग सम्बन्धित कार्यहरू, आभूषणसँग सम्बन्धित कार्यहरू, पर्यटन विभाग, नृत्य, संगीत, चित्रकलाका कार्यहरू, वेश्यालयका कार्यहरू, टेन्ट हाउस, दर्शन, अध्यात्मसँग सम्बन्धित कार्यहरू, टेक्सटाइल, आर्किटेक्चरका साथै राजनीतिमा पनि सफलता मिल्दछ ।
मूलांक ७ को उपयुक्त व्यवसाय( मूलांक ७ को स्वामी केतु ग्रह हो । अतः केतुसँग सम्बन्धित कारोबारमा सफलता मिल्दछ ।
रङ्गमञ्चसँग सम्बन्धित कार्यहरू, पत्रकारिता, राजनीति एवं कूटनीति, रबर एवं प्लाष्टिकका कार्यहरू, समुद्रसँग सम्बन्धित कार्यहरू, उडड्यन विभाग, गुप्तचर संस्थाका कार्यहरू, पर्यटन, ट्राभल्स, ट्रान्सपोर्टका कार्यहरू, तरल पदार्थका कार्यहरू, औषधीको कार्यमा सफलता मिल्दछ ।
मूलांक ८ र उपयुक्त व्यवसाय( मूलांक ८ को स्वामी शनि ग्रह हुन्छ । अतः शनिसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ ।
फलामसँग सम्बन्धित कार्यहरू, कोइला एवं काठका कार्यहरू, कानुन विभागका कार्यहरू, पुलिस विभागका कार्यहरू, स्थानीय स्वायत्त शासनका कार्यहरू, खानी तथा भर्ूगर्भ विभागका कार्यहरू, खेलकुद एवं शारीरिक परिश्रमका कार्यहरू, ज्योतिष, धर्म, आध्यात्मक तथा मनोविज्ञानका कार्यहरू, कुखुरापालन तथा नर्सरीका कार्यहरू, ठेकेदारी, मेकानिकल तथा इन्जिनियरिङका कार्यहरू, अस्थिरोग, दन्तरोग, पेटको रोग, स्नायु रोगको डाक्टर तथा त्यससँग सम्बन्धित कार्यहरूमा सफलता मिल्दछ ।
मूलांक ९ र सम्बन्धित व्यवसाय( मूलांक ९ को स्वामी मंगल ग्रह हुन्छ । अतः मंगलसँग सम्बन्धित कार्यमा सफलता मिल्दछ । सेना एवं पुलिस विभागका कार्यहरू, अग्निसँग सम्बन्धित कार्यहरू, नेतृत्व एवं संगठनका कार्यहरू, तामाका कार्यहरू, विदेश विभागका कार्यहरू, औषधी निर्माणका कार्यहरू, जङ्गल विभागका कार्यहरू, इलेक्टि्रकलका साथै कृषि आदिको क्षेत्रमा सफलता मिल्दछ ।

No comments: